चर्चित बलिउड निर्देशक सुभास घई नेपाल आउँदै
- Posted: Wednesday, May 23, 2018 09:59 AM ( 3 years ago )
काठमाडौं, जेठ ९ – प्रसिद्ध बलिउड निर्देशक सुभास घई नेपाल आउने भएका छन् ।
काठमाडौंको मैतिदेवीमा रहेको कान्तिपुर फिल्म एकेडेमी र मुम्बईको प्रसिद्ध फिल्म स्कुल विस्लीङ्ग उड इन्टरनेसनलको संयुक्त आयोजनामा हुन गइरहेको वर्कशप तथा सेमीनारमा बलिउडका शो म्यान तथा चर्चित फिल्म निर्देशक सुभास घई नेपाल आउने भएका हुन् । सुभास घई विस्लीङ्ग उडका फाउण्डर चेयरमेन पनि हुन् । उनले नै नेपाली चेली मनिषा कोइरालालाई १९९१ मा चलचित्र ‘सौदागर’ बाट बलिउडमा इन्ट्री गराएका थिए ।
वर्कशप विशेष गरी मिडिया नलेज, मोबाइल फिल्म मेकिङ्ग, स्क्रिप्ट राइटिङ्ग र फेसन डिजाइनमा केिन्द्रत हुने बताइएको छ । यही वर्कशपको लागि मुम्बईबाट निर्देशक घईसँगै स्क्रिप्ट राइटर अन्जुम राजाबली, फेसन डिजाइनर, निशा चन्दा, फिल्म मेकर रवीया नाज्की तथा मुक्ता आर्टस्का म्यानेजिङ डाइरेक्टर राहुल पुरी र नेपालबाट फिल्म डिरेक्टर तथा मिडिया पर्सनालीटी दिनेश डिसी हुनेछन् ।
यही जेठ २० गते काठमाडौंको होटल अन्नपूर्णमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने उवर्कशपले नेपाली फिल्म, फेसन र मिडियालाई अझ बढी विस्तारित बनाउने विश्वास लिएको कान्तिपुर फिल्म एकेडेमीका सीईओ प्रकाश पुरीले बताए ।
पुरीलगायतको टोली गत महिना मुम्बई पुगेर सुभास घई र विस्लीङ उडलाई नेपालमा फिल्म एजुकेसनलाई प्रवद्र्धन गर्नको लागि यो खालको वर्कसपमा साझेदारी गर्न आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...