Total Hits: 0

विश्वकपका लागि यस्तो छ मेस्सीको टिम, गोलरक्षक रोमेरो नखेल्ने

  • Posted: Wednesday, May 23, 2018 08:09 AM ( 3 years ago )

जेठ ९ – अर्जेन्टिनाका मुख्य गोलकिपर सर्जियो रोमेरोले यो विश्वकप गुमाउने भएका छन् । 

घुँडामा चोट लागेपछि उनको विकल्पका रुपमा प्रशिक्षक जर्ज साम्पोलीले उनको विकल्प खोजेका छन् । वैकल्पिक गोलकिपरमा विली कबालेरो, फ्राङ्को अर्मानी र नाहुयल गुज्मान छन् ।

प्रशिक्षक साम्पोलीले रसिया विश्वकप खेल्ने आफ्नो २३ सदस्यीय टिमको नामावली सार्वजनिक गर्दा इटालियन सिरीएका सर्वाधिक गोलकर्ता इकार्डी, भेटराान खेलाडीहरु कार्लोस टेभेज र फर्नाण्डो गागो पनि टिममा परेनन् ।

लियोनेल मेस्सीको कप्तानीमा रहेको टिममा सर्जियो एग्युरो, गोञ्जालो हिग्वेन र पाउलो डिबाला गरी चार जना स्ट्राइकर छन् ।

मिडफिल्डमा लुकास बिग्लिया, इभर बेनेगा, जियोभानी लो सेल्सो, मानुयल लान्जिनी, एन्जल डी मारिया, म्याक्सी मेजा र क्रिष्टियान पाभोन छन् ।
डिफेन्समा निकोलास ओटामेन्डी, फेड्रिको फाजियो, मार्कोस रोहो, जेभियर मास्चेरानो र गाब्रियल मर्काडो छन् । यससँगै निकोलास टेगालियाफिको, इडुवार्डो साल्भियो, मार्कोस अकुना र क्रिष्टियान अन्साल्दी छन् ।

समूह ‘डी’ मा अर्जेन्टिनासँगै क्रोएसिया, आइसल्याण्ड तथा नाइजेरिया रहेका छन् । अर्जेन्टिनाले जुन १६ मा आइसल्याण्डसँग पहिलो खेल खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook