Total Hits: 0

गरिबी निवारण कोषको प्रदेशस्तरीय कार्यक्रम सम्पन्न

  • Posted: Tuesday, May 22, 2018 20:28 PM ( 3 years ago )

मकवानपुर, जेठ ८ – गरिबी निवारण कोषले प्रदेश नम्बर–३, को राजधानी हेटौंडामा प्रदेशस्तरीय कार्यक्रम आयोजना गरेको छ ।

कोषका उपाध्यक्ष वाई.बि. थापाकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल  प्रमुख अतिथि तथा प्रदेशका प्रमुख सचिव रेष्मिराज पान्डे अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो ।

स्थानीय सरकार प्रमुख एवं उपप्रमुखहरुको सहभागिता रहेको कार्यक्रममा कोषका कार्यकारी निर्देशक नहकुल केसीले कोषको भावी रणनीतिका बारेमा प्रकाश पार्नुभयो ।

‘सहकारितामा अधारित कार्यक्रम बनाई कोषका कार्यक्रम अगाडि बनाउनु पर्छ । एउटा बोका, एउटा भैँसी बाँडेर मानिस धनी हुँदैन, समूहमा धेरै बोका भैंसी पाल्नुपर्छ ।’ प्रमुख अतिथि पाैडेलले भन्नुभयो ।

त्यस्तै कोषका सदस्य नारायण कोइरालाले मानिसको हातमा सीपको विकास गरी उद्यमशील बनाई उद्यम विकासमार्फत गरिबी निवारण गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

अन्तरक्रियामा सहभागी स्थानीय सरकारका प्रमुख एवं उपप्रमुखहरुले कोषको कार्यक्रम प्रभावकारी भएकाले आफूहरुले पनि यस कार्यक्रमलाई स्थानीय स्तरबाटै पनि सञ्चालन गर्ने जानकारी गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook