Total Hits: 5.0 K

​तामिलनाडुमा प्रहरीको गोली लागेर ९ जनाको ज्यान गयो

  • Posted: Tuesday, May 22, 2018 19:53 PM ( 2 years ago )

जेठ ८ – भारतको दक्षिणी राज्य तामिलनाडुमा तामा खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर कम्तीमा नौ जनाको मृत्यु भएको छ ।   अन्य २० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

प्रशासनले घटनामा कति जनाको मृत्यु भएको भन्ने बिषयलाई पुष्टि गरिसकेको छैन । यद्यपि स्थानीय मन्त्री डी जयकुमारले सञ्चारमाध्यमसँग कुराकानी गर्दै भन्नुभयो, ‘घटनाबारे विस्तृत विवरण आइसकेको छैन । सरकारले घटनामा मृत्यु भएका नागरिकका आफन्तलाई राहतको व्यवस्था गर्नुपर्छ र गर्नेछ ।’ं घाइते सबैको उपचार खर्च पनि सरकारले व्यहोर्ने उहाँले बताउनुभयो । 

मन्त्री डी जयकुमारका अनुसार झण्डै २० हजार आन्दोलनकारीको समूहले एक्कासी हिंसात्मक गतिविधि चलाएपछि प्रहरीले बल प्रयोग गर्नु परेको बताउनुभयो । स्थानीय नागरिकहरूले आफ्नो क्षेत्रमा सञ्चालनमा रहेको खानीको लाइसेन्स अर्को २५ वर्षका लागि नवीकरण गर्न लागेको थाहा पाएपछि आन्दोलन सुरु गरेका बताइएको छ । ‘स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुको कुनै विकल्प थिएन’, मन्त्री जयकूमारले भन्नुभयो । 

विगत तीन महिनादेखि जारी आन्दोलन केही दिन यता उग्र बनिरहेको थियो । 

राज्यको प्रमुख प्रतिपक्षी दल डीएमके पार्टीले स्थानीयको चासोलाई सम्बोधन गर्न असफल भएको भनी सरकारको आलोचना गरेको छ । विपक्षी नेता एमके स्टालिनले सञ्चारकर्मीसँग भन्नुभयो, ‘जनचासोको बिषयलाई सम्बोधन गर्न खानीलाई बन्द गर्नु पर्छ ।’ 

स्थानीय जनताले खानीबाट आउने ग्यासका कारण विगत पाँच वर्षमा सयौँ नागरिकलाई श्वासप्रश्वाससम्बन्धी समस्या आएपछि उनीहरूले अस्पताल भर्ना भै उपचार गर्नुपरेको जनाउँदै जनताको स्वास्थ्यलाई प्रभाव पार्ने खानीलाई बन्द गर्नुपर्ने स्टालिनले बताउनुभयो ।-रासस

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook