Total Hits: 0

कर्णाली प्रिमियर लिग : महाकाली, त्रिभुवन आर्मी र मध्यपश्चिम विजयी

  • Posted: Tuesday, May 22, 2018 19:38 PM ( 3 years ago )

सुर्खेत, जेठ ८ – सुर्खेतको वीरेन्द्रनगरमा जारी प्रिमियर लिग(केपिएल) मा आज भएको तेस्रो खेलमा मध्यपश्चिम क्रिकेट क्लब विजयी भएको छ ।

मध्यपश्चिमले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरलाई ६ विकेटले हरायो । टस हारेर ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १०६ रन बनाउन सक्यो ।  उसको लागि कप्तान विपिन आचार्यले सर्वाधिक ४३ रन बनाउन ५० बलमा ४ चौका प्रहार गरे । मध्यपश्चिमका बलर अमरसिंह रौटेला एक्लैले ५ विकेट तथा सुनिल सुनार, दीपेन्द्र रावत र अविनाश बोहराले समान १/१ विकेट हात पारे ।

१०७ रनको लक्ष्य मध्यपश्चिम क्रिकेट क्लबले १३.४ ओभरमा भेटायो ।  उसको लागि ओपनिङ ब्याटिङ गरेका राजवीर सिंहले सर्वाधिक  अविजित ६१ रन बनाए । जुन क्रममा ४२ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।  सिद्धान्तराज शाहीले ३८ रन बनाउन ३० बलमा ७ चौका प्रहार गरे ।   काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरका बलर प्रितम थापाले २ तथा श्याम त्रिपाठीले १ विकेट हात पारे ।  खेलको प्लेयर अफ् द म्याच अमरसिंह रौटेला घोषित भए । 

आजै भएको पहिलो खेलमा महाकाली क्रिकेट क्लबले भेरीगंगा क्रिकेट क्लबलाई ४ विकेटले हरायो ।  टस जितेर ब्याटिङ गरेको भेरीगंगा क्रिकेट क्लबले निर्धारीत २० ओभरमा ९ विकेट गुमाएर १२२ रनको योगफल तयार गरेको थियो । उसको लागि तिलक थापाले सर्वाधिक ३७ रन तथा सौगात कार्कीले २४ रन योगदान दिए । बलिङतर्फ पारस केसी र महेन्द्र साउदले समान २–२ विकेट लिए भने रोबिन क्षेत्रीले किफायती बलिङ गर्दै १ विकेट लिन ४ ओभरमा मात्र ६ रन खर्चिए । 

१२३ रन लक्ष्य महाकालीले १७.१ ओभरमा ६ विकेट पूरा गर्यो । उसको लागि महेश साउदले सर्वाधिक अविजित २८ रन तथा पारस केसीले अविजित २३ रन बनाए । बलिङतर्फ भेरीगंगाका शिभ डाँगी र तिलक थापाले २–२ विकेट लिए । खेलको प्लेयर अफ् द म्याच महेश साउद घोषित भए । 

यसैगरी आज नै भएको दोश्रो खेलमा  त्रिभुवन आर्मी क्लबले टिकापुर क्रिकेट क्लबलाई १७६ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले निर्धारीत २० ओभरमा २ विकेट मात्रै गुमाएर २२६ रनको विशाल योगफल तयार गरेको थियो । 

आर्मीको लागि प्रतियोगिताकै पहिलो शतक बनाउने क्रममा सागर पुनले अविजित १०२ रन बनाए जुन क्रममा उनले ६३ बलमा ८ चौका र ६ छक्का प्रहार गरे । यस्तै राजेश पुलामी मगरले ४६ रन बनाउन २६ बलमा ३ चौका र ३ वटै छक्का प्रहार गरे । विनोद भण्डारीले ३० तथा अनिल मण्डलले २२ रन बनाए ।  

२२७ रनको लक्ष्य पछ्याउने क्रममा टिकापुरले १५ ओभरमा ५० रनको योगफलमै सम्पूर्ण विकेट गुमाउन पुग्यो ।  आर्मीका बलर सुसन भारी र जितेन्द्र मुखियाले समान ३–३ विकेट हात पारे भने राजेश पुलामीले २ विकेट हात पारे । टिकापुरका प्रकाश रावल र ललित प्याकुरेलले समान १५ रन योगदान दिनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।  खेलको प्लेयर अफ् द म्याच सागर पुन घोषित भए ।

आजको खेलसंगै अंकतालिकाको समूह ’ए’ मा रुपन्देही ११.३ खेलमा ३ जितसहित शीर्षस्थानमा रहेको छ भने त्रिभुवन आर्मी क्लबको ३ खेलमा २ जित र १ हारसहित ४ अंकमा रहेको छ ।  ४ वटा खेल खेलेको टिकापुर क्रिकेट क्लबको ४ खेल खेल्दा २ जित र २ हारसहित ४ अंक रहेको छ । 

यस्तै समूह ’बी’ मा धनगढी क्रिकेट एकेडेमी ३ खेलमा जितसहित ६ अंक शीर्ष स्थानमा रहेको छ  भने मध्यपश्चिम क्रिकेट क्लबको ४ खेलमा ३ जित र १ हारसहित ६ अंकमा रहेको छ । 

जेठ ३ गतेदेखि सुरु भएको कर्णाली प्रिमियर लिगमा १० टिमको सहभागिता रहेको छ । बन्धुविकास बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतको आयोजना भएको प्रतियोगिता जेठ १२ गतेसम्म संचालन हुनेछ ।  कर्णाली प्रदेशमै पहिलो पटक सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी पाउनेछन् । 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook