Total Hits: 0

‘बिग ब्याश’ खेल्ने कुरा हल्ला मात्रै हो : सन्दीप लामिछाने (भिडियोसहित)

  • Posted: Tuesday, May 22, 2018 19:34 PM ( 3 years ago )

काठमाडौं, जेठ ८ – इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा उत्कृष्ट प्रर्दशन गरेर सर्वत्र चर्चा कमाएका युवा क्रिकेटर सन्दीप लामिछानेले नेपाली क्रिकेटलाई माथि उठाउन मेहनत गर्नुपर्ने बताएका छन् । 

आईपीएल खलेर नेपाल फर्किएका सन्दीपले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै नेपालसँग सम्भावना धेरै भएको तर त्यसका लागि महेनत पनि बढी नै गर्नुपर्ने बताएका हुन् । विश्वका उत्कृष्ट ब्याट्सम्यानविरुद्ध बलिङ गर्दा चूनौतीको महसुस गरे पनि अवसर सम्झनलायक रहेको उल्लेख गरे । उनले नेपालको क्रिकेट भविष्य राम्रो भए पनि त्यसका लागि खेलहरु बढी आयोजना गर्नुपर्ने सुझाव दिए ।

आईपीएलमा आफ्नो सहभागिता सिक्ने मात्र नभई देश चिनाउने पनि भएको बताए । सन्दीपले आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट खेलेका हुन् । सुरुका ११ खेलमा बेञ्चमा रहेका उनले दिल्ली प्ले अफमा नपुग्ने भएपछि मौका पाएका थिए । उनले तीन वटै खेलमा राम्रो प्रदर्शन गरे । उनले ३ खेलमा ५ विकेट लिएका थिए ।

उनी वेस्ट इन्डिजविरुद्ध लर्डसमा हुने ट्वान्टी २० क्रिकेटका लागि वल्र्ड ११ मा समेत परेका छन् । पछिल्लो समय अष्ट्रेलियन क्रिकेट लिग बिग ब्याश खेल्ने कुरा हल्ला मात्र भएको उनले बताए । उनलाई राष्ट्रिय टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल लगायत समर्थकले विमानस्थलमा स्वागत गरेका थिए ।

विमानस्थलमा पत्रकारहरुसँगकाे कुराकानीमा सन्दीप

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook