Total Hits: 0

कामकाज ठप्प पारेर जनप्रतिनिधि भ्रमणमा

  • Posted: Tuesday, May 22, 2018 19:28 PM ( 4 years ago )

प्रेमनारायण आचार्य/उज्यालो ।

अर्घाखाँची, जेठ ८ – आर्थिक वर्षको अन्त्य हुने समयमा गाउँपालिकाका अध्यक्षसहित जनप्रतिनिधिहरु भ्रमणमा हिँडेपछि मालारानी गाउँपालिकाका सेवाग्राहीहरु मर्कामा परेका छन ।

योजनाको अनुगमन, मूल्यांकन र फछ्र्यौट गर्ने समयमा गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यसहितका जनप्रतिनिधिहरु भ्रमणमा गएका छन् । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत जनकराज गौतम बिदामा बसेका छन् । उनले शिक्षा शाखा प्रमुख रमेश पन्थीलाइ निमित्त दिएका छन् । अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, वडा सदस्यहरु र लेखापाल कार्यालयमा नभएपछि काम ठप्प भएको छ ।

काठमाडाैंबाट नागरिकता बनाउन आएका मालारानी गाउँपालिका वडा नम्बर ३ का स्थानीय रुद्र पोख्रेलले वडा कार्यालयको टोली नै भ्रमणमा जाँदा काम हुन नसकेर फर्किनु परेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष र वडाअध्यक्षबाट हुने नागरिकका महत्वपूर्ण काम ठप्प हुँदा कैयौं सेवाग्राहीलाई सास्ती भएको वडा नम्बर–३, खनदहका स्थानीय बिष्णु केसीले बताउनुभयो ।

भ्रमणका कार्यक्रमहरु राख्नु राम्रो तर आर्थिक वर्षको अन्त्यमा सेवा प्रवाह नै रोकिने गरी सबै जनप्रतिनिधि भ्रमणमा जानु गलत भएको प्रमुख जिल्ला अधिकारी खिमराज भूसालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook