Total Hits: 0

अब विकास निर्माणका कामहरुमा भएको सिन्डिकेट अन्त्य गर्छाैँ : गृहमन्त्री

  • Posted: Tuesday, May 22, 2018 17:40 PM ( 4 years ago )

सुर्खेत, जेठ ८ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सिन्डिकेट अपराध भएको भन्दै अब सबै प्रकारका सिन्डिकेट तोड्ने बताउनु भएको छ । 

वीरेन्द्रनगरमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन आउनु भएका बादलले पत्रकारहरुसँग कुरा गर्दै सबै क्षेत्रमा हुने सिन्डिकेट तोड्ने बताउनुभयो । उहाँले अहिले यातायातमा सिन्डिकेट तोडे पनि अझै अन्य क्षेत्रहरुमा सिण्डिकेट रहेको भन्दै अन्तय गरिने बताउनुभयो । 

उहाँले विकासका निम्ति सुशासन आवश्यक रहेको भन्दै अपराधहरु भ्रष्टाचारको उन्मुलन, सिडिन्केट, अपराध नियन्त्रणबिना विकास सम्भव नभएको भन्दै अब सिन्डिकेट अपराध हुने भन्दै अन्त्य गर्न सरकार लागेको बताउनुभयो ।  देशको अर्थतन्त्र भ्रष्ट र माफियाहरुको हातमा रहेको भन्दै यसको पनि अन्त्य गरिने बताउनुभयो । 

उहाँले विकास निर्माणका कामहरुमा पनि सिन्डिकेटहरुलाई अन्त्य गर्ने पनि बताउनुभयो  । ‘वर्षभरि बाटो नखन्ने र वर्षामा बाटो खन्ने काम हुन्छ । यसलाई हामीले अनियमितता र भ्रष्टाचारसँग जोडेका छौँ’, उहाँले भन्नुभयो, ‘अब बर्खा हुनेबित्तिकै बाटो खन्ने काम नियन्त्रण गर्छौँ ।’ उहाँले काम नगर्ने ठेकेदारहरुलाई पनि अब सरकारले त्यस्ता ठेकेदारहरुको नियमन गरेर कानुनी दायरामा ल्याउने बताउनुभयो ।

उहाँले लागुऔषधको कारोबार गुणात्मक रुपमा बढेको भन्दै सरकारले पूर्ण रुपमा नियन्त्रण गर्ने बताउनुभयो । ‘अहिले युवाहरु लागुऔषधले विचलनको दिशातर्फ गएका छन् । अहिले सेवनकर्ता र कारोबारहरु गुणात्मक रुपमा बढेका छन्’, उहाँले भन्नुभयो, ‘यसले विकास निर्माणका कामहरुमा,  शान्ति सुरक्षामा चुनौती र घरेलु हिंसा निम्ताएका छन् । हामीले लागुऔषधलाई नियन्त्रण गर्छौँ ।’

उहाँले अब देशमा सबै तस्करीहरुलाई निषेध गर्ने अभियान सुरु गरिएको बताउनुभयो । उहाँले आज सुन तस्करीको मूल नाइके चुडामणि उप्रेती ‘गोरे’ लाई गिरफ्तार गर्न सरकार सफल भएको र यसले तस्करीहरुको सञ्जाललाई तोड्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

गृहमन्त्री बादलले देशलाई अतिवादी क्षेत्रबाट सुरक्षा चुनौती भएको बताउनु भएको छ । ‘अहिलेको राज्य व्यवस्थालाई स्वीकार नगर्ने केही केही राजनितिक क्षेत्रका अतिवादी क्षेत्रबाट सरकारलाई सुरक्षा चुनौती रहेको छ’, उहाँले भन्नुभयो, ‘नेकपा विप्लव समूहबाट र  देशलाई विखण्डन गराउन खोज्ने सीके रावत जस्ताको सशस्त्र समूहहरु सरकारका सुरक्षा चुनौती बनेका छन् ।’  

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook