Total Hits: 0

कर्णालीका दुई छोरा : आचार्य र हमाल नेपाल सरकारको सहसचिव

  • Posted: Tuesday, May 22, 2018 17:22 PM ( 3 years ago )

नेत्र शाही/उज्यालो ।

जुम्ला, जेठ ७ – सिहंदरबारमा कर्णालीको राजनीतिक बर्चस्व र कर्मचारीतन्त्रको उच्चस्तरीय जनशक्ति कर्णालीका विकट क्षेत्रमा नपुगेकै कारण कर्णाली पछाडि परेको भन्ने धेरैको आंकलन छ ।

विकासको तिर्खा नमेटिने गरी यहाँको आवश्यकता अनुकुलतामा कर्णालीले कर्मचारीतन्त्रको नीतिगत स्तरमा पुग्न सेकेको छैन । कर्णालीलाई अरुको शरण र गुहारमा विकास गर्न सहयोग माग्नुपर्ने बाध्यता अहिले पनि छ । शुक्रबार नेपाल सरकारको सहसचिव स्तरको नतिजामा जुम्लाका गोगनबहादुर हमाल सहसचिव खुल्ला पदमा उत्तिर्ण भइसकेपछि कर्णालीका दुई जना सहसचिव भएका छन् ।

यसअघि जुम्लाकै जयनारायण आचार्य सहसचिव उत्तिर्ण भई अहिले कर्णाली प्रदेश प्रमुखको कार्यालयमा सचिवको रुपमा कार्यरत हुनुहुन्छ ।

को हुन हमाल ?

जुम्ला सिंजा गाउँपालिका –३, निवासी ३५ वर्षका गोगनबहादुर हमालले २०५७ सालमा भैरब माध्यामिक विद्यालय नरोकोट सिंजाबाट एलएलसी उत्तीर्ण गरेर  काठमाडौंको अमृत साइन्स क्याम्पसबाट आईएसस्सी उत्तीर्ण गर्नुभएको थियो ।

उहाँले मेकानिकल इञ्जिनियरिङमा बीई गर्नुभएकाे छ । मेकानिकल इञ्जिनियरमा अधिकृतस्तरको नोकरी गरिरहेका हमाल भने उपसचिव प्रशासनको परीक्षा समेत दिएपछि २०७४ सालमा प्रशासन तिरको उपसचिव बन्नुभयो ।

हमाल ९ महिनामै खुल्ला सहसचिव बन्न सफल हुनुभएको छ । हमालेले कुराकानीमा भन्नुभयो, अब त सुतेरै सचिव भइन्छ । कर्णालीको प्रतिनिधित्व गर्न पाउदा निकै खुशी लागेको उहाँले बताउनुभयो । 

जयनारायण आचार्य

जुम्ला कनकासुन्दरी गाउँपालिक–६, सिंजा लार्ज निवासी जयनारायाण आचार्यले वि.स. २०५० सालमा कनकासुन्दरी मावि लुकडुबाट एसएलसी उत्तीर्ण गर्नुभएको हो । आचार्य २०५९ सालमा खुल्ला शाखा अधिकृत बन्ने जुम्लाको पहिलो व्यक्ति हुनुभएको थियो । त्यो भन्दा अगाडि जुम्लाका कुनै व्यक्ति सरकारी पदमा अधिकृत स्तरको पद पाएका थिएनन् ।

उहाँ त्यसपछि २०६८ सालमा उपसचिव र वि.स. २०७१ सालमा सहसचिव समेत हुने पहिलो व्यक्ति हुनुहुन्छ । आचार्यले सहसचिव पछि राष्ट्रिय योजना आयोग, निजामती किताब महानिर्देशक र  पर्यटन विभाग महानिर्देशक भएर काम समेत गरिसक्नुभएको छ । उहाँ अहिले कर्णाली प्रदेश प्रमुखको कार्यालयमा सचिवको रुपमा काम गरिरहनुभएको छ ।

‘मानव विकास सूचांक, शिक्षा स्वास्थ्य र पूर्वाधारमा पछि परेको कर्णालीमा दुईजना विशिष्ट श्रेणीका कर्मचारी जन्माएको छ, यसले कर्णाली पनि कमजोर छैन भन्ने प्रष्ट पारेको छ’, कुराकानीमा आचार्यले भन्नुभयो, ‘अब २ मन्त्रालय भए पनि कर्णालीले समाल्न सक्ने भएको छ ।’   


  

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook