Total Hits: 0

​सन्दीप नेपाल फर्किएसँगै दिल्लीको यस्तो ट्वीट !

  • Posted: Tuesday, May 22, 2018 17:06 PM ( 3 years ago )

काठमाडौं, जेठ ८ – इन्डियन प्रिमियर लिगमा आफ्नो बलिङको जादु देखाएका सन्दीप लामिछाने मंगलबार स्वदेश फर्किएका छन् । 

सन्दीप दिउँसो ४ बजेर १५ मिनेटमा जेट एयरवेजको विमानबाट त्रिभुवन विमानस्थलमा आइपुगेका हुन् । उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो । स्वागतमा खेल पदाधिकारी तथा खेलप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो । विमानस्थलमा नेपालको झण्डा लिएर समर्थकहरु उपस्थित भएका थिए । 

दिल्लीबाट नेपाल फर्केसँगै दिल्ली डेयरडेभिल्सले ट्वीट गर्दै सन्दीपलाई धन्यवाद दिएको छ । दिल्लीले ट्वीट गर्दै सन्दीपले नेपालको शीर उचो बनाएको जनाएको छ । दिल्लीले  सन्दीपले खेलेका तीन वटै खेलमा विकेट लिन सफल भएको जनाउँदै सन्दीपको ‘प्यासन’ र ‘पर्फमेन्स’ म्याच भएको जनाएको छ । साथै सन्दीपजस्तो प्रतिभावान युवा क्रिकेटर आफ्नो टिममा हुनु टिमको गर्वको विषय भएको बताउँदै अर्को सिजनको आईपीएलमा सन्दीप दिल्लीमै रहने विश्वास दिल्ली डेयरडेभिल्सले व्यक्त गरेको छ । 

दिल्ली डेयरडेभिल्सले अाफ्नाे टिमका सबै खेलाडीलाई धन्यवाद दिँदै ट्वीट गरेकाे छ । 

दिल्ली डेयरडेभिल्समा २० लाख भारतीय रुपैयाँमा अनुबन्धित भएका सन्दीपले तीन खेलमा १२ ओभर बलिङ गर्दै ८२ रन दिएर ५ विकेट लिएका थिए । उनले चेन्नई सुपर किंग्स, रोयल च्यालेन्जर्स बेंग्लोर र मुम्बई इन्डियन्सका विश्वप्रसिद्ध ब्याट्सम्यानहरुलाई आउट गर्नुका साथै उत्कृष्ट बलिङ गर्दै सबैको मन जित्न सफल भए । 

आईपीएलमा दिल्ली लिग चरणबाटमाथि जान नसके पनि सन्दीपले खेलेका ३ मध्ये २ खेल दिल्लीले जितेको थियो । सन्दीप विश्व ११ बाट वेष्ट इन्डिजविरुद्धको च्यारिटी खेलका लागि इङ्ल्याण्ड प्रस्थान गर्दैछन् । जेठ १७ गते विश्व ११ वेष्ट इन्डिजबीच क्रिकेटको मक्का मानिने लर्डस मैदानमा खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook