Total Hits: 0

यातायात व्यवस्था विभागका महानिर्देशक सरुवा हुनुभएको होइन : मन्त्री महासेठ

  • Posted: Tuesday, May 22, 2018 16:24 PM ( 4 years ago )

काठमाडौ, जेठ ८ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईको सरुवा नभएको बताउनुभएको छ ।

मंगलबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले महानिर्देशक भट्टराईको सरुवा नभएको स्पष्ट पार्नुभएको हो । उहाँलाई केही दिनका लागि मन्त्रालयमा बोलाइएको महासेठले बताउनुभयो । ‘मन्त्रालयमा काम परेर बोलाएका छौं’, मन्त्री महासेठले भन्नुभयो, ‘उहाँलाई डिस्टर्ब गर्ने गरी ल्याएको होइन ।’

सिन्डिकेट हटाउन भट्टराईको मात्र योगदान रहेको भनेर गलत प्रचारबाजी गरिएको भन्दै उहाँले १८ महिनासम्म विभागमा बस्दा भट्टराईले केही नगरेको र आफू मन्त्री भएपछि मात्रै सिण्डिकेट विरुद्धको काम सुरु भएको दाबी गर्नुभयो ।

उहाँले विगतको सरकारले कर्मचारीलाई राजनीतिक आस्थाको आधारमा विभेद गर्ने गरेको भए पनि वर्तमान सरकारले समान व्यवहार गरेको दाबी गर्नुभयो ।

व्यापारीहरुको दबाबमा यातायात व्यवस्था विभागका महानिर्देशक भट्टराईको सरुवा गरिएको भन्दै मन्त्री महासेठको आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook