Total Hits: 0

कर्णाली प्रिमियर लिगमा त्रिभुवन आर्मी विजयी

  • Posted: Tuesday, May 22, 2018 16:05 PM ( 3 years ago )

सुर्खेत, जेठ ८ – कर्णाली प्रिमियर लिगको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

मंगलबार सम्पन्न दोश्रो खेलमा त्रिभुवन आर्मी क्लबले टिकापुर क्रिकेट क्लबलाई १७६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २२६ रन बनाएको थियो ।

आर्मी सागर पुनले अविजित १०२ रनको शतकिय रन बनाए । उनले ६३ बलमा ८ चौका र ६ छक्का प्रहार गरे। यस्तै राजेश पुलामी मगरले ४६ रन बनाउन २६ बलमा ३ चौका र ३ वटै छक्का प्रहार गरेका थिए । बिनोद भण्डारीले ३० तथा अनिल मण्डलले २२ रन बनाए।

२२७ रनको लक्ष्य पछ्याउने क्रममा टिकापुरले १५ ओभरमा ५० रनको योगफलमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। आर्मीका बलर सुसन भारि र जितेन्द्र मुखियाले समान ३–३ विकेट लिए । राजेश पुलामीले २ विकेट लिए । टिकापुरका प्रकाश रावल र ललित प्याकुरेलले समान १५ रन योगदान दिनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

खेलको प्लेयर अफ द म्याच सागर पुन घोषित भए। मंगलबार नै भएको पहिलो खेलमा महाकाली क्रिकेट क्लबले भेरिगंगा क्रिकेट क्लबलाई ४ विकेटले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook