Total Hits: 0

आईपीएल क्वालिफायर :चेन्नई र हैदराबादबीच टक्कर

  • Posted: Tuesday, May 22, 2018 15:35 PM ( 3 years ago )

जेठ ८ – इन्डियन प्रिमियर लिग (आईपीएल)को यस संस्करणको पहिलो क्वालिफायरमा चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबाद आमनेसामने हुँदैछन् ।

चेन्नई आईपीएलको ९ सिजन अस्तित्वमा छ । दुई वर्षको प्रतिबन्धपछि पुनर्गठन गरिएको चेन्नई टिममा भेट्रान खेलाडीहरुको बाहुल्य छ । यीनै अनुभवी खेलाडीको साथमा उसले आईपीएलको क्वालिफायरमा स्थान बनाएको छ । सन् २०११ पछि पहिलो पटक आईपीएल जित्ने अभियानमा रहेको चेन्नईले आज हैदराबादलाई हराएमा उपाधिबाट एक कदम टाढा हुनेछ । चेन्नई आफूले खेलेका ९ सिजनमध्ये ७ पटक फाइनलमा पुगेको छ भने तीन पटक उपाधि जितेको छ ।

यता डेभिड वार्नर प्रतिबन्धमा परेपछि हैदराबादको प्रदर्शन आईपीएलमा खस्कने अपेक्षा धेरैको थियो । तर, उसले पीडालाई शक्तिमा बदल्दै शानदार रुपमा आईपीएलको लिग चरणको विजेता बन्यो र क्वालिफायर्सका लागि छनोट भयो । हैदराबाद र चेन्नई दुवैले लिग चरणमा ९ खेल जिते भने ५ खेलमा पराजय व्यहोरे । दुवैको समान १८ अंक भए पनि रनरेटका आधारमा हैदराबाद पहिलो नम्बरमा पुगेको हो ।

हैदराबादका लागि चिन्ताको विषय के हो भने लिग चरणमा उसले पराजय व्यहोरेका ५ मध्ये दुई खेल चेन्नईविरुद्ध थियो । होम र अवे दुवैमा हैदराबाट चेन्नईसामू निरीह बनेको थियो । हैदराबादमा भएको पहिलो खेलमा चेन्नई चार रनले विजयी भएको थियो । त्यस्तै अर्को खेल पुणेमा भएको थियो । त्यसमा चेन्नईले हैदराबादमाथि ८ विकेटको जित हात पारेको थियो । 

चेन्नईको बलियो पक्ष भनेकै उसको सन्तुलित टिम हो । चेन्नईका बलरदेखि ब्याट्सम्यानसम्मले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्  । साथै चेन्नईको फिल्डिङ पनि प्रशंसा गर्न लायक रहेको छ । 

सनराइजर्ससामु रायुडूको चुनौती

ब्याट्सम्यान अम्बाती रायुडू यो सिजनमा चेन्नईका सफल ब्याट्सम्यान रहेका छन् । उनले यो सिजनमा एउटा सेन्चुरी पनि हानेका छन् । उनले १४ खेलमा ५८६ रन बनाएका छन् । रायुडू ओपनिङदेखि मध्यक्रम हुँदै पछिल्लो क्रममा पनि राम्रो ब्याटिङ गर्न सक्ने सामथ्र्य राख्दछन् । यो सिजनमा रायुडूदेखि कप्तान महेन्द्रसिंह धोनी, सुरेश रैनालगायतका ब्याट्म्यानले उत्कृष्ट प्रदर्शन गरेका छन् । 

त्यस्तै चेन्नईका बलरहरु शार्दुल ठाकुर, दीपक चहर, लुंगी एन्गिडीले पनि राम्रो प्रदर्शन गरिरहेका छन् । 

बलिङमा बलियो हैदराबाद ब्याटिङमा कमजोर

हैदराबादको बलियो पक्ष भनेकै बलिङ हो । उसले कम स्कोरको टार्गेट खडा गरेर पनि जित हात पारेको छ । भुवनेश्वर कुमार, राशिद खान, शाकिब अल हसन, सिद्धार्थ कौल तथा सन्दीप शर्माले ब्याट्सम्यानको आक्रमणलाई रोक्ने काम गरेका छन् । तर ब्याटिङको कुरा गर्दा कप्तान केन विलियम्सनबाहेक अरु ब्याट्सम्यानले रन बनाउन सकेका छैनन् । पछिल्ला केही खेलमा शिखर धवनले रन बनाएका छन् । त्यस्तै मध्यक्रममा मनीष पाण्डेले आफ्नो भूमिका निर्वाह गर्दै टिमलाई जिताउन सफल भएका छन् । युसूफ पठानको भने यो सिजनमा खासै ब्याट चलेको छैन । 

चेन्नई र हैदराबादको विजेता प्रतियोगिताको फाइनलमा पुग्नेछ भने पराजित हुने टोली कोलकाता र राजस्थान रोयल्सबीच हुने इलिमिनेटर खेलको विजेतासँग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नेछ । त्यसैले आजको खेलमा पराजित हुने टोलीलाई फाइनल प्रवेशका लागि अर्को मौका हुनेछ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook