Total Hits: 0

​संघीय सरकारका संसद र सांसदको काम चिया खाने र गफ गर्ने मात्रै भयो : चित्रबहादुर केसी

  • Posted: Tuesday, May 22, 2018 14:23 PM ( 4 years ago )

रुपन्देही, जेठ ८ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश सरकार, संघीय संसद र सांसदको काम चिया खाने र गफ गर्ने मात्रै भएको बताउनुभएको छ ।

रिपाेटर्स क्लब पाँच नम्बर प्रदेशले मंगलबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व–उपप्रधानमन्त्री समेत रहनुभएका केसीले चिया खाने र गफ गर्ने कार्यले देशको ढुकुटी सक्नेबाहेक केही नहुने भन्दै संघीयताको खारेजीको विकल्प नभएको बताउनुभयो ।

प्रदेश नम्बर २ बाटै संघीयता देशका लागि राम्रो होइन है भन्ने सन्देश आइसकेको बताउँदै उहाँले संघीयता जति दिन चल्छ त्यति राष्ट्र कमजोर हुँदै जाने बताउनुभयो ।

उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रम जनताले आशा गरे अनुसारको नभएको पनि उल्लेख गर्नुभयो । एमाले र माओवादी केन्द्रबीचको एकता आफनो पार्टीका लागि नौलो विषय नभएको उहाँले बताउनुभयो ।

नाकाबन्दी गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई माफी मगाउनुको साटो नागरिक अभिनन्दन गरेर सरकारले भारतको गुलामी गरेको आरोप लगाउनु भयो ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook