प्रकाश सपुतको गीत ‘बोल माया’ मा वैदेशिक रोजगारीको पीडा(भिडियोसहित)
- Posted: Tuesday, May 22, 2018 14:17 PM ( 3 years ago )
श्यामशितल परियार/उज्यालोे ।
लमजुङ, जेठ ८ – गायक तथा मोडल प्रकाश सपुतको वैदेशिक रोजगारीले निम्त्याएको समस्यासम्बन्धी गीत ‘बोल माया’ अहिले निकै चर्चित बनेको छ ।
प्रकाश सपुतले थुप्रै लोक तथा दोहोरी गीतमा आवाज भरेका छन् भने थुप्रै चर्चित गीतमा मोडलिङ पनि गरेका छन् ।
‘बोल माया’ प्रकाश सपुतकै शब्द र संगीतमा तयार भएको गीत हो । गीतमा गायक तथा संगीतकार नारायण रायमाझी, शान्तिश्री परियार र प्रकाश सपुतले आवाज भरेका छन् । यस गीतको संगीत संयोजन कमल साैँरागले गरेका हुन् ।
गीतमा वैदेशिक रोजगारीले निम्त्याएको समस्यालाई निकै कलात्मक ढंगले प्रस्तुत गरिएको छ भने गीतको भावलाई जस्ताको तस्तै भिडियोमा उतार्ने प्रयास गरिएको छ । गीतको म्युजिक भिडियाको निर्देशन सपुतले आफैंले गरेका हुन् । भिडियोमा अञ्जली अधिकारी, प्रकाश सपुत र सितारे गन्धर्वको अभिनय रहेको छ ।
समग्रमा गीतमा परिवारको खुशीको लागि विदेश गएका र विभिन्न कारणले विदेशमै ज्यान गुमाएकाको परिवार, आफन्त र समाजमा पर्ने पीरमर्का, व्यथालाई गीतमा उतार्ने प्रयास गरिएको छ ।
गीत र भिडियोलाई दर्शक तथा श्रोताले अत्याधिक रुचाएका छन् । यो समाचार तयार पार्दासम्म यस गीतले युट्यूबमा ७ लाखभन्दा बढी भ्यूज पाएको छ । गीत हेर्ने, सुन्ने दर्शक तथा श्रोताले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...