Total Hits: 0

यस्ता छन् नीति तथा कार्यक्रमका मुख्य बुँदा

  • Posted: Tuesday, May 22, 2018 12:36 PM ( 3 years ago )

काठमाडौं, जेठ ८– सरकारले आगामी आर्थिक २०७५/०७६ को लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रम सकारात्मक तर महत्वाकांक्षी भएको अर्थविदहरुले टिप्पणी गरेका छन् ।  नीति तथा कार्यक्रममा सरकारले ५ वर्षभित्र श्रम गर्न विदेश जान नपर्ने गरी देशमै रोजगारी सिर्जना गरिने र त्यसको लागि प्रधानमन्त्री रोजगार कार्यक्रम  ल्याउने उल्लेख छ ।

रेल, सडक, विमानस्थल धावनमार्गलगायतका भौतिक पूर्वाधार तथा समग्र आर्थिक समृद्धिको विषयलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको छ ।

रेलमार्ग तथा सडक

महत्वपूर्ण राष्ट्रिय राजमार्गहरुलाई एक्सप्रेस हाइवेका रुपमा विकास गरिने ।

पाँच वर्षभित्र काठकाडौ – निजगढ द्रुतमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिने ।

मेची –महाकाली रेलमार्ग, काठमाडौं– वीरगंज रेलमार्ग, रसुवागढी – काठमाडौं, पोखरा – लुम्विनी रेलमार्गको निर्माण कार्य अघि बढाइने ।

आगामी पाँच वर्षभित्र नेपालका सबै स्थानीय तहका केन्द्रलाई कालोपत्रे सडकले जोड्ने ।

जल यातायात

कोशी, गण्डकी र कर्णाली नदीहरुमा जल यातायात संचालन गर्न कानुनी, नीतिगत र संस्थागत व्यवस्था गरिने । 

हवाई यातायात

पर्यटन पूर्वाधारका रुपमा रहेको हवाइ यातायातलाई सहज तथा सुरक्षित बनाउन उच्चतम प्रविधिको प्रयोग गर्ने ।
त्रिभुवन अन्तर्राष्ष्ट्रिय विमानस्थलको स्तरवृद्धि, एक वर्ष भित्रमा गौतम वुद्ध विमानस्थल संचालनकासाथै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने ।

विद्युत 

दश वर्षभित्र प्रतिव्यक्ति विद्युत खपत हालको ११० बाट वढाई १५०० किलोवाट घण्टा पुर्‍याइने । 
आगामी ५ वर्षभित्र ५ हजार मेगावाटसँगै १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने
पाँच वर्ष भित्रमा उत्पादनका सबै क्षेत्र सार्वजनिक यातायात सेवा र अन्य पूर्वाधारका क्षेत्रमा चौबीसै घण्टा विद्युत आपूर्तिको व्यवस्था मिलाइने ।

आर्थिक वृद्धिदर

आगामी ५ वर्षमा दोहोरो अंक नजिकको आर्थिक वृद्धिदर हासिल गर्नेे । १० प्रतिशत नजिकको वृद्धिदर हासिल गर्ने  लक्ष्य ।

बैकिङ सेवा

आगामी वर्ष सबै नेपालीको बैंक खाता खोलिने । 
सम्पूर्ण प्रकारको सरकारी भुक्तानी बैंक तथा सहकारीबाट गर्ने ।

कृषि

५ वर्षभित्र कृषिको उत्पादन दोब्बर बनाउने योजना ।
कृषि उत्पादन वृद्धि गर्न खेती प्रणालीलाई आधुनिकीकरण र व्यवसायीकरण गर्ने ।
जग्गाको खण्डीकरण रोक्ने तथा सबै खेती योग्य जमिनको समूचित प्रयोगको नीति लिइने । 
गाउँपालिका र नगरपालिका मार्फत कृषि औजार मल तथा औषधि वितरण गरिने ।
सबै किसानलाई वैज्ञानिक कृषिमा प्रेरित गर्न कृषि ज्ञान केन्द्र स्थापना गर्ने ।

सामाजिक सुरक्षा

आगामी वर्षदेखि असंगठित क्षेत्रमा काम गर्नेलाई पनि सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याइने । 
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरिने ।

पुनर्निर्माण

भूकम्पले क्षति पुर्‍याएका संरचनाहरु धरहरा, रानीपोखरी, काष्ठमण्डप पुनर्निर्माण ३ वर्षभित्र सम्पन्न गर्ने ।
१ वर्षभित्र निजी आवासको निर्माण सम्पन्न गरिने । 
व्यवसायिक सीप विकास गरी सरकारले ५ वर्षभित्र सबै नेपालीलाई स्वदेशमा रोजगार प्रदान गर्ने ।

शिक्षा 

आधारभूत शिक्षा अनिवार्य र निःशुल्क गर्ने । 
विद्यालय पढ्ने उमेरका सबै बालबालिकालाई विद्यालय भर्नाको लागि प्रत्येक वर्ष अभियानका रुपमा अघि वढाइने । 
विद्यालय छाडने कारणबारे अध्ययन अनुसन्धानको कार्यक्रम समेत सञ्चालन गरिने । 
शिक्षा क्षेत्रमा निजी लगानीको नियमन गरी शैक्षिक क्षेत्रमा रहेको विषमता हटाइने । 
उच्च शिक्षालाई विशिष्टिकरण गरिने ।

स्वास्थ्य 

पाँच वर्षभित्र स्थानीय तहमा न्युनतम १५ शैयाको अस्पताल निर्माण गरिने । 
स्वास्थ्य विमाको व्यवस्थालाई थप प्रभावकारी बनाइने । 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook