Total Hits: 0

भारत लैजान लागिएको १ सय ८६ किलो गाँजा प्रहरीले समात्यो

  • Posted: Tuesday, May 22, 2018 08:24 AM ( 4 years ago )

महोत्तरी, जेठ ८ – महोत्तरी प्रहरीले एकडारा गाँउपालिका ३ अजमलपट्टीमा घरमा लुकाएर राखेको  १ थान हतियारसहित अबैध गाँजा बरामद गरेको छ । प्रहरीले सोमबार साँझ सुराकीको आधारमा १ सय ८६ किलो रातो प्लाष्टिकमा प्याकिङ्ग गरि भारत पठाउन लागेको गाँजा बरामद गरिएको हो ।

प्रहरी निरीक्षक विरेन्द्र पनेरुको नेतृत्वमा गएको कमाण्ड टोलीले स्थानीय जितेन्द्र कुमार मण्डलको घरबाट रातो प्लाष्टिकमा प्याकिङ्ग गरेको अवस्थामा ४६ किलो लागुऔषध गाँजासहित तौल गर्नका लागि घरमा राखिएको डिजिटल बेटिङ मेसीन १ थान, कमानी तराजु १ थान, ढक ३ थान बरामद गरेको हो ।

त्यस्तै प्रहरीले स्थानीय चुनदेवी मण्डलको घरभित्र लुकाई राखेको अवस्थामा १ सय ४० किलो गाँजा, १ थान मोबाइल, घर कम्पाउण्ड बाहिरको टोकरीमा घाँसभित्र लुकाई राखेको १ थान पुरानो अटोमेटिक पेस्तोल, पेस्तोलमा लाग्ने म्यागजिन १ थान, मिस फायर गोली राउण्ड ३ थान बरामद गरेको महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो ।

घरधनीहरु घर छाडेर फरार भएकोले खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook