Total Hits: 0

यस्तो रह्यो सन्दीपको आईपीएल यात्रा (भिडियो)

  • Posted: Tuesday, May 22, 2018 08:06 AM ( 3 years ago )

जेठ ८ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने आज स्वदेश फर्कदैछन् ।

उत्कृष्ट प्रदर्शन गरेर आईपीएल क्रिकेटको बलिङ इकोनोमीमा पाँचौ नम्बरमा पुगेका १७ वर्षका सन्दीपको चर्चा अहिले चलिरहेको छ । अन्तर्राष्ट्रिय क्रिकेटरहरुले पनि अहिले सन्दीपको बलिङको तारिफ गरिरहेका छन् भने कतिपयले उनीबाट बलिङ सिक्ने अपेक्षासमेत गरेका छन् ।

आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले ३ खेलबाट ५ विकेट लिएका थिए भने ६ दशमलव ८–३ को इकोनोमीसहित सन्दीप पाँचौ नम्बरमा परेका हुन् । सन्दीपले ३ खेलमा १२ ओभरबाट ८२ रन दिएका थिए ।

आफ्नो पहिलो खेलपछि तेश्रो स्थानमा र दोश्रो खेलपछि पहिलो नम्बरमै पुगेका सन्दीप तेश्रो खेलमा ३६ रन दिएपछि केही तल झरेका हुन् । आईपीएलमा खेल्नको लागि गएको चैत १३ गते भारत गएका सन्दीपलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा आईपीएलमा अनुबन्ध गरेको थियो ।

उनी नेपाली समय अनुसार दिउँसो ४ बजेर १५ मिनेटमा जेट एयरवेजको विमानबाट त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook