Total Hits: 0

​‘कराते म्यान हूँ’ भन्दै नासुले सेवाग्राहीलाई बेहोश हुने गरी कुटे

  • Posted: Monday, May 21, 2018 19:59 PM ( 4 years ago )

शैलेन्द्र महतो/उज्यालो । 

धनुषा, जेठ ७ – जनकपुर यातायात व्यवस्था कार्यालयका एक कर्मचारीले एक सेवाग्राहीलाई निर्घात कुटपिट गरेका छन् ।

कार्यालयमा कामका लागि आएका महोत्तरीको भंगहा नगरपालिका –४, का २२ वर्षीय जगदीश महतोलाई नायव सुब्बा राकेश यादवले कुटपिट गरेका हुन् ।

महतोले आफ्नो भौचर साटिएको भन्दै कार्यालयको ८ नं. कोठाको ढोका ढकढकाउँदा नासु यादवले हात, खुट्टा र मुक्काले निर्घात कुटपिट गरेकोको पीडित महतोको भनाई छ ।   नासुको कुटाईबाट घाइते भएका महतोको गालामा तीन वटा टाँका लागेको छ । अहिले महतोको उपचार जनकपुर अस्पतालमा भैरहको छ ।

पीडित महतोका अनुसार यसरी भयो घटना

म मोटरसाइकलको लाइसेन्सको निवेदन दर्ता गराएर भौचर कटाउन बिहान ७ बजेदेखि लाममा बसेको थिए । दिउँसो २ बजे मात्र भौचर बुझाउन सफल भएँ । तर भित्रबाट कर्मचारीले अर्कै नामको भौचर दिएपछि तनावमा परेँ । र पुनः साटिएको भौचर लिन जाँदा भीडभाडको कारण लाममा कसैले छिर्न दिएनन् । त्यसपछि म कोठा नं. २ मा बस्ने कर्मचारीसँग गुनासो गर्न पुगेँ । त्यहाँका कर्मचारीले तपाईँको भौचरमा मोबाइल नम्बर छैन ।

अब एउटै विकल्प छ अब अर्कै भौचर भर्नुपर्छ भनेपछि आफू भोकै प्यासै कहाँ भौचर भर्न फेरि लाइन लाग्न जाउँ भनेर तनावमा परेँ । त्यसपछि भौचर साटिएकै कोठा नं. ८ मा आफ्नो भौचर लिन बन्द कोठाको ढोका दुई तीन पटक ढकढकाएँ ।  भित्रबाट नासु राकेश यादव ढोका खोलेर निस्किएर एकाएक निर्घात कुटपिट गर्न थाले ।
मलाई समातेर भित्र कोठामा थुनेर झनै कुट्न खोजे । म गुहार माग्दै बाहिर भाग्न खोजिरहेको थिएँ । कुट्ने कर्मचारी राकेश यादव आफू ‘कराते म्यान हुँ’ भन्दै मुख, पेट, पिठ्यूँमा किक हान्न थाले । म बिहानैदेखि भोको भएको कारण झनै निर्घात कुटपिटले बेहोस् भएँ । त्यसपछि मेरो एकजना साथी र प्रहरीले  जनकपुर अञ्चल अस्पताल पुर्‍याए ।

आफू ढोकामा जोडजोडले हानेको र ढोका भाँचेको कुरा झुटो भएको र ढोका भाँचेको आरोप लागाउँदै कर्मचारीले आफूलाई निर्घात कुटपिट गरेको सेवाग्राही महतोको भनाई छ । निर्घात कुटपिट गर्ने कर्मचारीलाई कारवाही गर्न पीडीत महतोले प्रशासनसँग माग गर्नुभयो ।

आवेशमा कुटेँ : नासु यादव

एउटै कोठामै काम गर्ने कर्मचारीहरुले नासु यादवको बचाउ गर्दै सेवाग्राही महतोले गाली गर्दै आफैले ढोका तोडेपछि लडेको र मुखमा चोट लागेको दावी गरेका छन् । नासु आफैले एक थप्पड पनि नहिर्काएको कर्मचारीहरुको दावी छ ।

तर कुटपिटको आरोपमा लागेका नायव सुब्बा राकेश यादवले महतोले ढोका भाँचेको र गालीगलौज गरेपछि आवेशमा महतोलाई एक दुई थप्पड हिर्काएको स्वीकार गर्नुभयो । आवेशमा आएर हात छोड्नु आफ्नो गल्ती भएको नासु यादवको स्वीकारोक्ति छ ।कर्मचारीहरुले भने अनुसार ढोकामा कुनै क्षति भएको देखिँदैन । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook