Total Hits: 0

​सन्दीप भोलि आउने

  • Posted: Monday, May 21, 2018 18:59 PM ( 3 years ago )

काठमाडौं, जेठ ७ – इन्डियन प्रिमियर लिगमा आफ्नो बलिङको जादु देखाएका सन्दीप लामिछाने भोलि नेपाल फर्कने भएका छन् । 

सन्दीपको अाइपिएल भिडियोमा हेर्नुहोस्

सन्दीप भोलि दिउँसो ४ बजेर १५ मिनेटमा त्रिभुवन विमानस्थलमा आइपुग्ने नेपाली क्रिकेट टिमका व्यवस्थापक रमण सिवाकोटीले जानकारी दिए । सन्दीप जेट एयरवेजको विमानमा आउँदैछन् । 

दिल्ली डेयरडेभिल्समा २० लाख भारतीय रुपैयाँमा अनुबन्धित भएका सन्दीपले तीन खेलमा १२ ओभर बलिङ गर्दै ८२ रन दिएर ५ विकेट लिएका थिए । उनले चेन्नई सुपर किंग्स, रोयल च्यालेन्जर्स बेंग्लोर र मुम्बई इन्डियन्सका विश्वप्रसिद्ध ब्याट्सम्यानहरुलाई आउट गर्नुका साथै उत्कृष्ट बलिङ गर्दै सबैको मन जित्न सफल भए । 

आईपीएलमा दिल्ली लिग चरणबाटमाथि जान नसके पनि सन्दीपले खेलेका ३ मध्ये २ खेल दिल्लीले जितेको थियो । आईपीएलबाट फर्किए छि सन्दीप विश्व ११ बाट वेष्ट इन्डिजविरुद्धको च्यारिटी खेलका लागि इङ्ल्याण्ड प्रस्थान गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook