Total Hits: 0

​रसुवा–पोखरा–लुम्बिनी रेलमार्ग यसै वर्षदेखि सुरु गरिने

  • Posted: Monday, May 21, 2018 17:12 PM ( 3 years ago )

काठमाडौं, जेठ ७ – सरकारले रेलमार्ग र जलमार्ग निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । 

संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मेची–महाकाली, काठमाडौं–वीरगंज र रसुवा–पोखरा हुँदै लुम्बिनीसम्मको रेलमार्ग निर्माण कार्यलाई यसै वर्षदेखि सुरुवात गरिने बताउनुभयो ।  

यस्तै कोशी, सेती नदीमा जलमार्गको अवस्थाको बारेमा अध्ययन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । 

यस्तै हवाई उड्यन क्षेत्रलाई सुरक्षित र प्रभावकारी बनाउन उच्चतम प्रविधिको प्रयोग गर्ने र त्रिभुवन विमानस्थलको आधुनिकीकरण र व्यवस्थित गरिने उल्लेख छ । 

अबको एक वर्षभित्रै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र तीन वर्षभित्र पोखरामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने उल्लेख छ । निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई तीव्रता दिइँदै पाँच वर्षभित्र सक्ने गरी काम अगाडि बढाइने पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।  

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook