Total Hits: 17.8 K

‘शत्रु गते’ सिनेमा युट्यूबमा, निर्माण पक्ष अनभिज्ञ

  • Posted: Monday, May 21, 2018 17:02 PM ( 3 years ago )

काठमाडौं, जेठ ७ – महसञ्चारको ब्यानरमा निर्माण भएको सिनेमा ‘शत्रुगते’ले सफलतापूर्वक ५१ दिन मनाइसकेको छ । काठमाडौंका विभिन्न ८ वटा हलमा ५१ दिन मनाएको यो सिनेमा अझै पनि केही हलमा प्रदर्शन भैरहेको छ । 

हलमा प्रदर्शन भैरहको यस सिनेमाको २१ मिनेटको क्लिप युट्युबमा पाइरेसी भएको छ । झण्डै एक महिनाअघि युट्युबमा सिनेमाको २१ मिनेट ७ सेकेण्डको क्लिप मोबाइलमा रेकर्ड गरेर आर के म्युजिक नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ  । तर सिनेमा पाइरेसी भएको एक महिना बितिसक्दा पनि निर्माण पक्षलाई यस बारेमा केही पनि थाहा छैन ।

यसबारेमा बुझ्दा निर्माता तथा कलाकार हरिवंश आचार्यले अनभिज्ञता प्रकट गर्दै टिममा कुरा राख्ने बताएका छन् ।  उता सिनेमाका निर्देशक प्रदीप भट्टराईले पनि आफूलाई यस बारेमा थाहा नभएको तर अब एक्सन लिने बताए । 

यस सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, बसुन्धरा भुषाल, रमेशरन्जन झा, प्रियंका कार्की, पल शाह, आँचल शर्मालगायतका कलाकारको अभिनय रहेको छ । सिनेमा चैत्र ९ गतेदेखि प्रदर्शनमा आएको हो ।

-उज्यालाे र गफगाफ डट कमकाे सहकार्यमा

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook