Total Hits: 0

क्यान्सरपीडित बक्सर थापालाई संघको सहयोग

  • Posted: Monday, May 21, 2018 16:53 PM ( 3 years ago )

काठमाडौं, जेठ ७ – क्यान्सरबाट पीडित नेपाल बक्सिङ संघका संस्थापक सदस्य मञ्जुजंग थापालाई नेपाल बक्सिङ संघले आर्थिक सहयोग प्रदान गरेको छ ।

संघले विदेशमा रहेका विभिन्न संघ संस्थाहरुबाट संकलन गरेको सहयोग संघले आज पूर्व रेफ्रीसमेत रहेका थापालाई हस्तान्तरण गरेको हो । निर्णायक थापालाई बेलायतमा बसोबास गर्दै आएका पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी बेलायत चेप्टरका अध्यक्ष सिद्धार्थविक्रम क्षेत्रीको समन्वयमा ओलम्पियन बक्सिङ खेलाडी झपट रावल, मेरो हजुर टिम युके, सुरज कार्की, कुश बस्नेत, जीवन सेन, हरि गुरुङ र राजन खकुरेललगायतले नगद १ लाख ३ हजार ४ सय रुपैयाँ उपलब्ध गराएका हुन् ।

२०२४ सालदेखि नै कमलपोखरी बक्सिङ क्लबमार्फत बक्सिङ खेल्न सुरु गरेका मन्जुजंग थापा २०३३ सालमा संघका कोषाध्यक्ष हँुदै महासचिव र उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् । निर्णायक थापा सन् १९८२ देखि नेपालको अन्तर्राष्ट्रिय निर्णायकको रुपमा कार्य गर्दै आइरहेका छन् ।  थापा विगत दुई वर्ष देखि क्यान्सर रोगको उपचार गर्दै आइरहेका छन् ।

नेपाल बक्सिङ संघका पूर्व कोषाध्यक्ष तथा गायक योगेश्वर अमात्यले ५० हजार, अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेश भट्टराईले २५ हजार, नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठले १५ हजार, पूर्व बक्सिङ खेलाडी पूर्णबहादुर लामाले  १० हजार, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापाले ५ हजार उपलब्ध गराइसकेको पीडित थापाले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook