Total Hits: 0

​ पर्यटन बोर्डको वेबसाइट अब चिनिँया भाषामा पनि

  • Posted: Monday, May 21, 2018 15:47 PM ( 3 years ago )

काठमाडौं, जेठ ७ – नेपाल पर्यटन बोर्डले चिनिँया भाषामा पनि  वेबसाइट सुरु गरेको छ । 

चिनियाँ  भाषाको वेबसाइट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी र नेपालका लागि चीनका राजदूत यू होङले उद्घाटन गर्नुभयो । नेपाल पर्यटन बोर्डले वेबसाइटमा नेपालका मुख्य पर्यटकीय गन्तव्यको भिडियो र फोटोहरु राखेको छ ।

नेपाल पर्यटन बोर्डको वेबसाइट https://www.welcomenepal.com/    लग इन गरेपछि त्यहाँ चिनियाँ भाषाको वेबसाइट http://cn.welcomenepal.com/  मा जान सकिन्छ ।

वेबसाइट उद्घाटन गर्दै पर्यटनमन्त्री अधिकारीले नेपालमा चिनिँया पर्यटकको संख्या बढ्दै गएकाले यो संख्या बढाउन र उनीहरुको सहजताको लागि यो वेबसाइट सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले नेपालले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउन थालेको र त्यो बेलासम्म नेपालमा अहिले आएका चिनियाँ पर्यटकको संख्या दोब्बरले बढाउनको लागि पनि सरकारले पहल गरिरहेको बताउनुभयो । उहाँले आउँदो १० वर्षभित्र मुलुकको आर्थिक वृद्धिदरमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पुर्याउने सरकारको लक्ष्य पूरा गर्न पनि जति सक्यो चिनियाँ पर्यटक  तान्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा चीनका राजदूत यू होङले नेपाल पर्याप्त पर्यटकीय गन्तव्य भएकाले पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सक्ने भन्दै ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने नेपाल सरकारको अभियानलाई सहयोग गर्न प्रतिवद्ध  चीन तयार रहेको बताउनुभयो  । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook