Total Hits: 0

​पर्यटन बोर्डका सीइओ जोशी पाटाको डेस्टिनेसन बोर्डमा नियुक्त

  • Posted: Monday, May 21, 2018 15:34 PM ( 3 years ago )

काठमाडौं, जेठ ७ – नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी प्यासिफिक एसिया ट्राभल एसोसिएसन(पाटा)को गभर्मेन्ट डेस्टिनेसन बोर्डको अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ ।

दुई वर्षअघि बोर्डको कार्यकारी प्रमुखका रुपमा नियुक्ति भएका जोशी पाटामा नेपाल सहभागी भएको पाँच दशकपछि यस किसिमको कमिटीको अध्यक्षता गर्ने पहिलो नेपाली हुनु भएको छ  । 

अध्यक्षमा चयन भएपछिको कार्यक्रममा दीपकराज जोशीले यो अवसरलाई सम्पूर्ण सदस्य राष्ट्रहरु विशेषतः नेपालको पर्यटनको गुणात्मक वृद्धिका लागि अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले पर्यटनको स्थायित्व लाभको साझेदारी र पर्यटनका गन्तव्यहरुको साझा हेरविचारबाट सम्भव हुने पनि बताउनुभयो ।

त्यस अवसरमा टेम्पल टाइगर समूहका प्रबन्ध निर्देशक श्री वसन्तराज मिश्रलाई उहाँको पाटामा २५ वर्षको आवद्धता र योगदानका लागि लाइफ टाइम अचिभमेण्ट अवार्ड प्रदान गरिएको छ  । 

दक्षिण कोरियाको वाङहोङमा भएको पाटाको साधारणसभाबाट भएको यो चयनले सम्पूर्ण नेपाल र नेपालीको प्रतिष्ठाको विषय भएको छ । पाटा पर्यटनको विविध क्षेत्रमा विशिष्टता र विशेषज्ञताका लागि परिचित छ ।  पाटामा एसिया प्यासफिक क्षेत्रका ९५ सरकारी, सहरी पर्यटन संस्था, २५ बढी अन्तर्राष्ट्रिय एयरलाइनस र एयरपोर्ट, १०८ हस्पिटालिटी संस्था, ६५ बढी शैक्षिक संस्थाहरु रहेका छन् भने ३६ बढी स्थानीय च्याप्टरमा लाखाँैै पर्यटन व्यवसायी संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook