चितवनमा बर्डफ्लू : ११ हजार कुखुरा मारियो, ७० लाख क्षति
- Posted: Monday, May 21, 2018 15:13 PM ( 3 years ago )
राधेश्याम खतिवडा/उज्यालो ।
चितवन, जेठ ७ – चितवनमा पछिल्लो समयमा देखिएको बर्डफ्लूको कारण पोल्ट्री क्षेत्रमा ७० लाख रुपैयाँभन्दा बढीको नोक्सान भएको छ ।
जिल्लाको पूर्वी क्षेत्रमा बर्डफ्लू भएको प्रमाणित भएको थियो । खैरहनी नगरपालिका वडा नं.९ सूर्तनीमा बर्डफ्लू देखिएपछि त्यस क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी पन्छीजन्य पदार्थ नष्ट गरिएको थियो ।
बर्डफ्लू देखिएको दुईवटा खोरमा गरी २ हजार ५०० कुखुरा मरेका थिए । संकटग्रस्त क्षेत्रमा ११ हजार ९५० लेयर्स कुखुरा, २३ वटा स्थानीय कुखुरा, १४४ वटा हास, चार वटा ब्रोइलर कुखुरा, ६०७ किलो दाना र १२ हजार ७२६ वटा अण्डा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख चेतनारायण खरेलले बताउनुभयो ।
बर्डफ्लू रोग नियन्त्रण आदेश २०६४ ले क्षतिको अधिकतम ७५ प्रतिशतसम्म राहत दिने व्यवस्था गरेको जानकारी दिँदै खरेलले भर्खर अण्डा दिन लागेका कुखुरालाई प्रति कुखुरा पाँच सय रुपैयाँ र अण्डा दिएर सक्ने बेला भएकालाई प्रति कुखुरा तीन सय रुपैयाँ लागत मूल्य सिफारिस गरिएको जानकारी दिनुभयो ।
सरदर कुखुराको मूल्य ४७५ रुपैया प्रतिगोटा मूल्य पर्ने गरेको जानकारी दिदै नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले अण्डा दिन सुरु गरेका लेयर्स कुखुराको लागत मूल्य ६०० रुपैयाँ पर्दछ भने अण्डा दिएर सकिन लागेका कुखुराको लागत मूल्य ३५० रुपैयाँ पर्ने बताउनुभयो । उहाँले ११ हजार नौ सय ५० लेयर्स कुखुरा मारिएका कारण लागत मूल्य ५६ लाख ७६ हजार २५० रुपैयाँ परेको जानकारी दिनुभयो ।
त्यसैगरी नष्ट गरिएका स्थानीय जातका कुखुराको सरदर २३ हजार रुपैयाँ, ब्रोइलर कुखुराको एक हजार ६०० रुपैयाँ, दानाको २७ हजार ३१५ रुपैयाँ, अण्डाको एक लाख ५२ हजार ७१२ रुपैयाँ नष्ट भएको जानकारी दिदै कंडेलले ७० लाख ६८ हजार ३७७ रुपैयाँभन्दा बढीको लागत मूल्य नोक्सान भएको बताउनुभयो ।
संक्रमित क्षेत्रमा ४२ दिनसम्म पन्छी पाल्न रोक लगाइएको जानकारी दिँदै पशु सेवा कार्यालयका प्रमुख खरेलले बर्डफ्लू अहिले नियन्त्रणमा रहेकोले जिल्लामा उत्पादन भएका पन्छीजन्य उत्पादन अन्य जिल्लामा पठाउन रोक नलगाइएको जानकारी दिनुभयो ।
चिसो मौसममा देखिने एचफाइभ एन वान भाईरसले रुप परिवर्तन गरी गर्मी मौसममा पनि देखिएकाले खतरा बढ्दै गएकोले जैविक सुरक्षामा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । नेपालमा सन् २००९ मा झापामा पहिलो पटक बर्डफ्लू देखिएको थियो । सन् २०१० मा पहिलो पटक चितवनमा बर्डफ्लू देखापरेको थियो
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...