Total Hits: 0

कास्की प्रहरीको अपरेशन सुरु, १६ जनाभन्दा बढी पक्राउ

  • Posted: Monday, May 21, 2018 14:48 PM ( 4 years ago )

कास्की, जेठ ७ – कास्की प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित १० जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘लागुऔषध नियन्त्रण महाभियान’ कार्यक्रम अन्तर्गत व्यापक सूचना संकलन, प्रहरी परिचालन तथा पोखरा भित्रने मुख्य नाका लगायत विभिन्न शंकास्पद स्थानमा गरेको सुरक्षा जाँच तथा अनुसन्धानका क्रममा ठूलो पारिमाणमा लागुऔषधसहित मानिसहरु पक्राउ परेका हुन ।

प्रहरीले ती व्यक्तिहरुबाट चरेश ६.२५ केजी, डाइजापाम ५०४ थान, फेनेरागन ५०४ थान,नर्फिन ५०४ थान, 
नाइट्रोसन ११८ चक्की नियन्त्रणमा लिएको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरुलाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । शुक्रबार, शनिबार र आइतबार कास्कीका विभिन्न ८ स्थानबाट उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

पक्राउ पर्नेहरुमा पोखरा १८ बस्ने २१ वर्षका इश्वर परियार, पोखरा ६ बस्ने ४० वर्षका लक्ष्य परियार, पोखरा ५ बस्ने ३० वर्षका दिपेश थापा, कास्की भुजुङखोला बस्ने २४ वर्षका अरविन वास्तोला, पोखरा १८ बस्ने राजेश बिक,  हेम्जाका २९ वर्षका सञ्जिव पूर्जा मगर, धादिङ निलकण्ठ १३ का ३७ वर्षका सुमन भन्ने कर्णबहादुर गुरुङ, सर्लाही नवलपुर ७ बस्ने ३२ वर्षका निरज कार्की, मकवानपुर पालुङ नगरपालिका २ का ६८ वर्षका कर्णबहादुर गोले,  र नुवाकोट तार्केश्वर घर भई काठमाडौंको माछापोखरी बस्ने ४० वर्षका जुठे भन्ने बिष्णु परियार रहेका छन् । 


यौन व्यावसायमा संग्लन ६ जना पनि पक्राउ

पोखरामा यौन व्यवसायमा संग्लन रहेको आरोपमा कास्की प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ७ शान्तिनगरमा रहेको विशाल गेष्ठ हाउसबाट अवैध यौन धन्दा गर्ने ५ जना महिला र १ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । केही दिन पहिले पनि प्रहरीले पोखराकै एउटा होटलमा छापा मार्दा यौन व्यवसायमा संग्लन महिला, पुरुष, ट्याक्सी चालकसमेत गरी ११ जनालाई पक्राउ गरेको थियो ।


अवैध घरेलु मदिरा र कच्चा पदार्थ नियन्त्रण

पोखराको रामबजार र घलेचोक आसपासका बस्तीबाट प्रहरीले  घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको छ । प्रहरीले ३ सय ५० लिटर अवैध घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने अन्दाजी ४ हजार २ सय ५० लिटर कच्चा पदार्थ नियन्त्रणमा लिएको हो ।

गोप्य सूचनाका आधारमा प्रहरीले पोखरा लेखनाथ महानगरपालिका १५ मा रहेको घलेचोक र रामबजार आसपासका बस्तिबाट घरेलु मदिरा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook