Total Hits: 0

अन्ततः जर्मन पत्रकार सेपेल्टले विश्वकपको रिपोर्टिङ गर्न पाउने भए

  • Posted: Monday, May 21, 2018 14:43 PM ( 3 years ago )

जेठ ७ – जर्मन पत्रकार हाजो सेपेल्टले अन्ततः विश्वकपको रिपोर्टिङ गर्ने अनुमति पाएका छन् ।

रसियाले राज्य प्रायोजित डोपिङ गरेको खुलासा गरेपछि कयौं रुसी खेलाडीले धेरै प्रतियोगिता खेल्न पाएका थिएनन् ।

यससँगै केही समयअघि सम्पन्न शीतकालीन ओलम्पिकमा पनि रसियाले सहभागिता जनाउन पाएनन् । ओलम्पिकमा रुसी खेलाडीहरुले ओलम्पिक काउन्सिलको झण्डामुनि रहेर खेलेका थिए ।

सेपेल्टका कारण रुसी खेलकुदमा मच्चिएको तहल्काका कारण उनलाई भिसा दिइएको थिएन । तर अन्तर्राष्ट्रिय दबाबपछि सेपेल्टलाई रुसमा रिपोर्टिङ गर्न भिसा दिइएको छ ।

सेपेल्टलाई विश्वकप रिपोर्टिङका लागि अनुमति नदिइएपछि जर्मनीका विदेश मन्त्री हेको मासले नै मस्कोलाई यो कदम सच्याउन अपील गरेका थिए ।
सेपेल्टले जर्मनी, चीन, केन्या र रुसमा डोपिङ्को सम्बन्धमा अनुसन्धनात्मक रिपोर्टिङ  गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook