Total Hits: 0

नारायणगढ–मुग्लिन सडकखण्ड : सडक सुरक्षाका लागि यस्ता संरचना बन्ने

  • Posted: Monday, May 21, 2018 14:14 PM ( 4 years ago )

राधेश्याम खतिवडा/उज्यालो ।

चितवन, जेठ ७ – नारायणगढ–मुग्लिन सडकखण्डको निर्माणको अन्तिम चरणमा सडक सुरक्षाका लागि संरचना बनाउने काम भइरहेको छ ।

सडक सहज हुँदा दुर्घटना बढ्ने क्रम बढेपछि सडकको सुरक्षाका लागि संरचना बनाउन थालिएको हो । नारयणगढबाट मुग्लिनसम्मको सडकखण्डमा ८ प्रकारका सुरक्षा संरचना बनाइने छ ।

सडकखण्ड सहज हुँदा सवारी चालकले ओभर स्पीडमा सवारी चलाइदिने गरेका कारण दुर्घटना बढ्ने भएकाले सडक सुरक्षाका लागि आयोजनाले संवेदनशील भएर काम गरिरहेको परामर्शदाता कम्पनीका आवासीय इञ्जिनियर पुष्कर रेग्मीले बताउनुभयो । सडक  यात्राका क्रममा सुरक्षित यात्रा गर्न र सडक सुरक्षाका लागि आयोजनाले संरचना निर्माण गरिरहेको उहाँले बताउनुभयो । 

१) एज मार्कीङ्ग : सडक खण्डमा कालोपत्रे गर्ने कार्य सकिएपछि सडकमा एज मार्कीङ्ग गरिने छ । कालोपत्रे माथि दायाँ र बायाँ पहेलो कलर र बीच भागमा सेतो कलरले मार्कीङ्ग हुँदै छ । ७५ प्रतिशत एज मार्कीङ्गको काम सकिएको आयोजनाले जानकारी दिएको छ । यसरी एज मार्कीङ्ग गरिएको सडकमा सवारी चालकलालाई आफ्नो लाइनमा सवारी चलाउन सहज हुने छ ।

२) जेब्रा क्रसिङ्ग : ३३ किलो मिटर दूरी रहेको सडक खण्डमा जेब्रा क्रसिङ्ग बनाउने काम भइरहेको छ । बजार क्षेत्र र बजार क्षेत्र नभए पनि मानिसहरुको बाटो क्रस गर्ने क्षेत्रमा जेब्रा क्रसिङ्ग बनाइने आयोजनाले बताएको छ । पहाडी क्षेत्रबाट बजार क्षेत्र झर्दा राजमार्गमा थुप्रै स्थानमा चहल–पहल देखिने भएकोले बजार क्षेत्र नभए पनि चहलपहल हुने क्षेत्रमा जेब्रा क्रसिङ्ग राखिने छ । यसले बाटो क्रस गर्ने क्रममा हुने दुर्घटना कम गर्न सहज हुने छ ।

३) पल्म क्रंकिट सेफ्टी ब्यारियर : सडकको किनारमा वल्क निर्माण गरी सेफ्टी ब्यारियर राखिने छ । ७५ सेन्टिमिटर हाइटमा एक मिटरको ग्यापमा सेफ्टी ब्यरियर निर्माण भइरहेको छ । सडकको किनारमा राखिने  सेफ्टी ब्यारियरले दुर्घटना कम गराउन सहयोग पुग्ने छ ।

४) ग्यावीङ्ग : सडकको किनरामा ग्यावीङ्ग निर्माण गरिन्छ । हरेक १ मिटरको ग्यापमा १ मिटर हाइटका बन्ने ग्यावीङ्गले सवारी साधानलाई सडकबाट दायाँ बायाँ दुर्घटना हुनबाट जोगाउने छ । ग्यावीङ्ग सडक खुल्ला भएको क्षेत्रमा बनाइने छ ।

५) डब्बू बिम स्टिल ब्यारियर : यो पनि सडकको किनारामा राखिने छ । ७० सेन्टिमिटरको हाइटमा रहने गरी बनाइने डब्बू बिम व्यारीयरमा स्टिलको ग्याल्वेनाइज पत्ता राखिने छ । केही गरी सवारी सडकको किनारमा ठोक्किन पुगेमा सुरक्षीत रहन सक्ने गरी डब्बू बिम ब्यारीयर बनाइने आयोजनाले बताएको छ ।

६) आरसीसी सेफ्टी ब्यारियर : नारायणगढदेखि मुग्लिनसम्मको सडकखण्डमा दुई स्थानमा मात्र आर सीसी सेफ्टी ब्यारियर राखिने छ । आरसीसी गरेर तयार पारिएको यो संरचनामा फलामका छड सिमेन्ट प्रयोग गरेर बनाइएको हुन्छ । जोखिम रहेको क्षेत्रमा मात्र यसलाई राखिन्छ । घुमाउने र कालिखोला नजिक मात्र आरसीसी सेफ्टी ब्यारियर राखिने छ ।

७) ट्राफिक साइनबोर्ड : सडकखण्डको हरेक मोड र ब्यस्त क्षेत्रमा ट्राफिक साइनबोर्ड राखिने छ । बाटोको अवस्था झल्काउने र सडकमा सुरक्षित यात्राका लागि दिने संकेतसहितको ट्राफिक साइनबोर्ड रहनेछन् । जसका कारण बाटोमा यात्रा गरिरहँदा सडकको अवस्थाका विषयमा जानकारी प्राप्त गर्न सकिने छ ।

८) रम्बल स्टिप : सडक खण्डमा पर्ने पुलमा संकेत दिनका लागि राखिने यो प्रविधिलाई रम्बल स्टिप भनिन्छ । नारयाणगढदेखि मुग्लिनसम्म १८ वटा पुल रहेका छन् । सवारी चलाएर सडकमा यात्रा गरिरहँदा पुलको मुखैमा राखिएको रम्बल स्टिपमा सवारी गुड्दा पुल आएको संकेत मिल्ने छ ।

चालकलाई पुल क्षेत्रमा सवारी चलाउदा सजग गराउन रम्बल स्टिपले काम गर्ने छ । पुलको ७० मिटर अगाडि र ७० मिटर पछाडि रम्बल स्टिप राखिने छ ।

परीक्षणका लागि अहिले एउटा पुलामा रम्बल स्टिप राखिने आयोजनाले बताएको छ । प्रभावकारी देखिएमा पछि सबै पुलमा राखिने छ । 

 

 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook