Total Hits: 0

कृषकलाई हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण

  • Posted: Monday, May 21, 2018 12:08 PM ( 4 years ago )

 

झापा, जेठ ७ – बिर्तामोड नगरपालिकाले कृषकलाई खेत जोत्ने हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण गरेको छ । 

कृषिमा यान्त्रीकरण गर्दै उत्पादन बढाउने र कृषि क्षेत्रमा बढिरहेको लागत घटाउने उद्देश्यका साथ नगरपालिकाले कृषकलाई खेत जोत्ने हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण गरेको हो । 

बिर्तामोड नगरपालिकाभित्रका आठ वटा कृषक समूहलाई प्रतिसमूह एउटा हाते ट्र्याक्टर र २० वटा समूहलाई मकै छोडाउने मेशिन वितरण गरिएको नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले बताउनुभयो । 

हाते ट्र्याक्टर खरिदमा समूहको १५ प्रतिशत र नगरपालिकाको ८५ प्रतिशत अनुदान रहेको बिर्तामोड नगरपालिकाका कृषि अधिकृत राजेन्द्र कडरियाले बताउनुभयो । प्रतिहाते ट्र्याक्टर खरिदमा दुई लाख २५ हजार र मकै छोडाउने मेशिन १८ देखि २६ हजारसम्म लागतको रहेको छ । 

बिर्तामोड नगरपालिकाले आफ्नो योजनामा कृषिलाई मुख्य प्राथमिकता दिएकाले कृषकको सहुलियतका लागि कृषि सामग्री वितरण गरिएको बिर्तामोड नगरपालिकाका प्रमुख सिवाकोटीको भनाइ छ । उहाँले कृषि क्षेत्रको विकासका लागि नगरपालिकाले यस वर्ष रु एक करोड ५६ लाख विनियोजन गरेको जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook