Total Hits: 0

अस्पतालमै औषधि छैन

  • Posted: Monday, May 21, 2018 11:29 AM ( 4 years ago )

श्यामशितल परियार/उज्यालो । 

लमजुङ, जेठ ७ – जिल्लाको एकमात्रै सरकारी अस्पताल सुन्दरबजार अस्पतालमा औषधि छैन । औषधिको अभाव भएपछि बिरामीलाई समस्या पर्न थालेको छ । अस्पतालका इन्चार्ज एवम् सूचना अधिकारी दीपक पण्डितका अनुसार अस्पतालमा एमोक्सोसिलिन, क्लोक्सासिलिन, मेटफर्मिन, डाईजिनलगायतका औषधिको अभाव भएको हो ।

अभाव भएका औषधि खरिदका लागि टेण्डर प्रकृया अघि बढेको र छिट्टै औषधि आइपुग्ने अस्पतालले जनाएपनि औषधि कहिले आउने भन्ने अहिलेसम्म टुंगो छैन ।
 
अस्पतालमा दैनिक ७० देखि ८० जनासम्म बिरामी उपचारका लागि आउने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा विशेषज्ञसहितको चौबिसै घण्टा स्वास्थ्य सेवा सञ्चालनमा छ । 

उपचारका लागि लमजुङसहित तनहुँ र गोर्खाबाट समेत बिरामीहरु अस्पतालमा आउँछन् । अस्पतालका इन्चार्ज पण्डितका अनुसार अहिले झाडापखाला, ज्वरो, रुघाखोकी बिरामीहरु बढी मात्रामा उपचारका लागि आउने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook