Total Hits: 0

वैदेशिक रोजगारीको क्षेत्रमा रहेको सिण्डिकेट तोड्ने सरकारको अभियान, पक्राउ परेका विरुद्ध ठगी मुद्दा चलाइँदै

  • Posted: Monday, May 21, 2018 11:02 AM ( 4 years ago )

काठमाडौं, जेठ ७ – सरकारले वैदेशिक रोजगारीका क्षेत्रमा रहेको सिण्डिकेट तोड्ने अभियान सुरु गरेको छ । वैदेशिक रोजगारीका लागि जाने कामदारको स्वास्थ्य परीक्षणमा रहेको सिण्डिकेट तोड्दै सरकारले अभियान सुरु गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै गोकर्ण विष्टले वैदेशिक रोजगारीको क्षेत्रमा रहेको सिण्डिकेट तोड्ने घोषणा गर्नुभएको थियो । त्यसको सुरुवात वैदेशिक रोजगारीका लागि जाने कामदारको स्वास्थ्य परीक्षणमा रहेको सिण्डिकेट तोडेर गर्नुभएको हो ।

यसै क्रममा आइतबार ४० जना पक्राउ परेका काठमाडौं प्रहरीले जनाएको छ । प्रहरीले काठमाडौं र ललितपुर उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वान स्टेप सेन्टर ओएससी र भिएलएन, माइग्राम्स, जीएसजीलगायतका संस्थाका सञ्चालक र कर्मचारी छन् । 

पक्राउ पर्नेमा कसमस मेडिकल सेन्टर गौशाला, एभरेष्ट हेल्थ होम सर्भिस प्रालि मध्यबानेश्वर, केआर मेडिकल सेन्टर वसुन्धरा, लालुपाते मेडिकल सेन्टर गौशाला, मन्जुश्री मेडिकल सेन्टर, भ्याली पोलिक्लिनिक गोँगबु, प्रशान्ति हेल्थ केयर सेन्टर जावलाखेल, सुब्बा प्याथोलोजी कुपण्डोल, सुधा पोलिक्निक र सनराइज पोलिक्लिनिक महाराजगञ्जका सञ्चालक रहेका छन् । 

यस्तै अनमोल मेडिकल सेन्टर सिनामंगल, स्वर्णीम मेडिकल सेन्टर सुन्धारा, वेलकेयर हस्पिटल रातोपुल, कुलेश्वर पोलिक्लिनिक कुलेश्वर, लालुपाते पोलिक्लिनिक पिंगलास्थानलगायत मेडिकल सेन्टरका सञ्चालक तथा कामदार रहेका छन् । 

प्रहरीले उनीहरुसँग भएका ल्यापटप र कागजातसमेत बरामद गरको काठमाडौं परिसरका प्रमुख विश्वराज पोखरेलले बताउनुभयो । सिण्डिकेट कायम गरी यी संस्थाले स्वास्थ्य परीक्षण, राहदानी संकलन, राहादानी दूतावासमा लैजाने लगायतका काम गरेर कामदारसँग शुल्क लिने गरेका थिए ।

सरकारले मलेसिया जाने श्रमिकलाई आर्थिक भार परेको भन्दै विभिन्न बहानामा रकम असुल्न राखेका यस्ता कम्पनीले लिने शुल्क खारेज गरेको थियो । तर पनि उनीहरुले रकम असुल्दै आएका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारसँग अवैध रुपमा रकम उठाएको र यो शुल्क अवैधानिक भएको निर्णय गर्दै त्यसलाई रोक्न गृह मन्त्रालयलाई पत्राचार गरेपछि प्रहरीले उनीहरुलाई पक्रेको हो ।

प्रहरीले मलेसिया जाने कामदारका लागि बायोमेट्रिक प्रणालीमार्फत तोकेभन्दा बढी शुल्क लिएर काममा पठाउँदै आएका ३५ संस्थाका ४० व्यक्तिलाई पक्राउ गरेको हो । आइतबार काठमाडौं र ललितपुरमा ४८ जना पक्राउ गरिएको भनिएपनि ४० जना मात्रै पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

ठगी मुद्दा चलाइँदै

पक्राउ परेका विरुद्ध प्रहरीले ठगि मुद्दा चलाउने भएको छ । पक्राउ परेका ४० जना विरुद्द सोमबार ठगी मुद्दा गर्दा गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता मोहनकुमार थापाले उज्यालोलाई जानकारी दिनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook