Total Hits: 0

८६ वर्षमा नागरिकता पाउँदा हर्षका आँसु

  • Posted: Monday, May 21, 2018 10:36 AM ( 4 years ago )

सुमित्रा कोइराला/उज्यालो । 

उदयपुर, जेठ ५ – ‘अबदेखि मैले पनि सरकारले दिने बृद्धा भत्ता पाउने भएँ’ गहभरी आँसु पार्दै ८६ वर्षीया सुनमाया तामाङ्गले भन्नुभयो । रौतामाई गाउँपालिका वडा नं. ३ लाफागाउँकी सुनमाया तामाङ्ग गाउँमै आएको एकीकृत घुम्ती शिविरबाट नागरिकता पाएपछि उहाँले हर्षको आँसु थाम्न सक्नुभएन ।

‘नागरिकता नभएकै कारण सरकारले दिने भत्ता पाउन २६ वर्ष पर्खनु पर्याे’ वृद्धा सुनमायाले भन्नुभयो । सरकारले ६० वर्ष पुगेपछि एकल महिलालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएपनि नागरिकताको प्रमाणपत्र नभएको कारण उहाँले भत्ता पाउन सक्नुभएको थिएन ।

नागरिकताको आवश्यकताबारे जानकारी पाएपनि श्रीमानको मृत्युपछि छोराछोरीको लालनपालन गर्दा र जिल्लासम्म जान नसक्दा नागरिकता पाउन नसकेको सुनमायाले आफ्नो बाध्यता बताउनुभयो ।

सरकारी सेवाबाट बञ्चित रहेका नागरिकलाई गाउँगाउँमै पुगेर सेवा प्रवाह गर्ने उद्देश्यले रौतामाई गाउँपालिका र  जिल्ला प्रशासन कार्यालय उदयपुरले एकीकृत घुम्ती शिविर सञ्चालन गरेका हुन् ।

प्रशासनले नागरिकता प्रमाणपत्र, कृषिले बीउबिजन वितरण तथा माटो परीक्षण, अस्पतालले बिरामी जाँच तथा औषधि वितरण, महिला तथा बालबालिका कार्यालयले अपांग परिचय पत्र वितरण गरेका थिए ।

शिविरमा सबैभन्दा धेरै नागरिकता बनाउनेको संख्या रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कुमारबहादुर खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook