Total Hits: 3.9 K

भारतीय पाउडर दुधले बजार लियो, विक्रि हुन छोड्यो किसानले उत्पादन गरेको दुध

  • Posted: Monday, May 21, 2018 09:01 AM ( 2 years ago )

राधेश्याम खतिवडा/उज्यालाे । 

चितवन, जेठ ७ – दुध विक्री नहुदा कृषकहरु समस्यामा परेका छन् । दुग्ध उत्पादक सहकारी संस्थाबाट दुध खरिद गर्ने निजी डेरीले पछिल्लो समय दुध खरिद नगरेका कारण कृषकहरु समस्यामा परेका हुन् ।

भारतबाट आउने पाउडर दुधको प्रभावका कारण नेपाली दुधको विक्री कम हुँदै गएको कृषकहरुले बताएका छन् । निजी डेरी उद्योगले कृषकहरुको दुध संकलन हुने दुग्ध सहकारीबाट दुध लैजान कमी गरेको र लगे पनि भुक्तानी दिन ढिलाई भइरहेको केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सदस्य बालकृष्ण उप्रेतीले बताउनुभयो ।

डेरीमा संकलन भएका दुध फिर्ता गर्नुपर्ने अवस्था आएको बताउँदै उहाँले १५ दिनको फरकमा आउने पैसा ६ महिनासम्म ढिला हुने गरेको बताउनुभयो । डेरी उद्योगले कृषकको दुध संकलन हुने सहकारीमा ३ लाखदेखि ८० लाखसम्म भुक्तानी रोकिएको छ । ‘मिल्क होलीडे’ समेत हुन सक्ने उप्रेतीले बताउनुभयो ।

२०६० साल अगाडि हप्तामा ५ दिनसम्म मिल्क होलीडे हुने गरेको थियो । त्यसपछि भने मिल्क होलीडे नभएको व्यावसायिक पशुपालक कृषक समाज रत्ननगरका अध्यक्ष किशोर बगालेले बताउनुभयो । अहिले दुधको बजारीकरणमा देखिएको समस्या सामधान नभए भदौबाट मिल्क होलिडे सुरू हुने उहाँले बताउनुभयो ।

डेरी उद्योगहरुले चितवनका केही दुग्ध उत्पादक सहकारी संस्थालाई भदौ महिनादेखि दुध उठाउन नसक्ने भन्दै पत्र पठाएको छ । तत्काल समस्या समाधान नभए भदौ महिनाबाट हप्तामा ३ दिनसम्म मिल्क होलीडे हुन सक्ने केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सदस्य भगिरथ तिमिल्सिनाले बताउनुभयो ।

भारतबाट आउने कच्चा दुध र पाउडर दुधका कारण नेपाली किसानको दुध विक्री नभएको बताउदै उहाँले सरकारले भारतबाट आउने दुध रोक्न सक्नुपर्ने बताउनुभयो । डेरी उद्योगहरुले दुधको भुक्तानी रोकेर किसानलाई पशुपालनमा निरुत्साहित बनाएको उहाँले बताउनुभयो । 

दुध उत्पादन गर्ने कृषकले सहकारीमार्फत दुध संकलन गरेका हुन्छन् । चितवनका दुग्ध उत्पादक सहकारी संस्थाबाट निजी डेरी उद्योगहरु सीताराम डेरी उद्योग, खरिपाटी डेरी उद्योग, आधुनिक डेरी उद्योग, तुलसा डेरी उद्योग, राजधानी डेरी उद्योग, सुजल डेरी उद्योग, एचडी आई डेरी उद्योग र सरकारी दुग्ध विकास संस्थान (डिडिसी) ले दुध खरिद गर्दै आएको छ ।

चितवनमा दैनिक ३ लाख लिटर दुध उत्पादन हुन्छ । जिल्लामा १ सय ५५ वटा दुग्ध उत्पादक सहकारी संस्थाले किसानको दुध किनेर डेरी उद्योगहरुलाई विक्री गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook