Total Hits: 0

नाडालले जिते आठौँ पटक इटालियन ओपन टेनिसको उपाधि

  • Posted: Monday, May 21, 2018 06:50 AM ( 3 years ago )

जेठ ७ – स्पेनीस खेलाडी राफेल नाडालले इटालियन ओपन टेनिसको उपाधि किर्तीमानी आठौं पटक जितेका छन् । आइतबार राति भएको फाइनलमा जर्मन खेलाडी एलेक्जेन्डर भरेभलाई हराउँदै नाडालले उपाधि जितेका हुन् । उपाधिसँगै नाडाल पुनः विश्व बरियताको शीर्ष स्थानमा उक्लने भएका छन् ।

रोममा भएको फाइनलमा नाडालले भरेभको एक सेटको अग्रतालाई उल्ट्याएका हुन् । पहिलो सेटमा भरेभले नाडालेका दुई सर्भिस ब्रेक गर्दै ६ – १ ले जितेका थिए । तर त्यसपछि उत्कृष्ट कमब्याक गरेका नाडालले दोस्रो सेटमा भरेभको तीन सर्भिस ब्रेक गरेर ६ – १ ले आफ्नो पक्षमा पारे । तेस्रो तथा अन्तिम सेटमा नाडालले ६ – ३ को जित निकाल्दै उपाधिमा कब्जा जमाए ।

नाडालले भरेभ विरुद्ध पछिल्ला ११ खेलमा ९ खेलमा जित निकाल्न सफल भए । अब नाडाल अर्को आइतबारबाट सुरु हुने फ्रेन्च ओपन अगाडि विश्व बरियताको शीर्ष स्थानमा फर्किनेछन । यसअघि मड्रिड ओपनमा डोमिनिच थियमसँग पराजित भएपछि फेडरर शीर्ष स्थानमा उक्लिएका थिए । नाडालले यो सिजन तीन वटा क्ले कोर्टमा उपाधि जित्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook