Total Hits: 0

मैदान बाहिर बसेरै प्लेअफमा राजस्थान, बाहिरियो पञ्जाव

  • Posted: Monday, May 21, 2018 06:39 AM ( 3 years ago )

जेठ ७ – इन्डियन प्रिमियर लिगमा आइतबार राति भएको खेलमा पञ्जाव चेन्नेइसँग ५ विकेटले पराजित भएपछि प्लेअफबाट बाहिरिएको छ ।

पुनेमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले १९ ओभर ४ बलमा १ सय ५३ रन बनाएर अलआउट भयो । ७६ रन बनाउँदा चार विकेट गुमाएको पञ्जावका कुनैपनि खेलाडीबीच राम्रो साझेदारी हुन सकेन ।

उसका लागि करुन नायरले ५४ तथा मनोज तिवारीले ३५ र डेविड मिलरले २४ रन बनाउनु बाहेक बाँकि खेलाडी सस्तैमा आउट भए । पञ्जावलाई सस्तैमा आउट गर्न लुङगी नेगिडीले चार विकेट लिए ।

जवाफमा चेन्नेईले १९ ओभर एक बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । उसको जितमा सुरेश रैनाले ६१ तथा दिपक चाहरले २९ र हरभजन सिंहले १९ रन बनाए ।

पञ्जावको हारले राजस्थान रोयल्स मैदान बाहिर बसेर नै प्लेअफमा पुग्न सफल भयो । अब पहिलो क्वालिफायर्समा सनराइजर्स हैदरावाद खेल्नेछन भने इलिमिनेटर खेलमा कोलकाता र राजस्थानबीच प्रतिस्पर्धा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook