Total Hits: 0

​आईपीएलबाट मुम्बई बाहिरियो, दिल्लीलाई जिताउन सन्दीपको उत्कृष्ट योगदान

  • Posted: Sunday, May 20, 2018 20:42 PM ( 3 years ago )

जेठ ६ – मुम्बई इण्डियन्स आईपीएल क्रिकेटको लिग चरणबाट बाहिरिएको छ ।

प्लेअफमा पुग्न जित्नैपर्ने खेलमा दिल्ली डेयरडेभिल्ससंग ११ रनले हारेपछि मुम्बई बाहिरिएको हो । यो नतिजापछि राजस्थान रोयल्सको प्लेअफमा पुग्ने सम्भावना बलियो भएको छ । यद्यपि, अहिले चेन्नइसंग खेलिरहेको पञ्जावले ठुलो अन्तरको जीत हात पारे पञ्जाव पनि प्लेअफमा पुग्न सक्नेछ ।  

१ सय ७५ रनको लक्ष्य पछ्याएको मुम्बई खेल सकिन ३ बल बाँकी छँदै १ सय ६३ रनमा अलआउट भयो । मुम्बईका एभिन लेविसले ४८ र बेन कटिङ्सले ३७ रन बनाएपनि टिमलाई जिताउन भने सकेनन् ।  लेविसले ३१ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए भने कटिङ्सले २० बलमा २ चौका र ३ छक्का हाने । 
मुम्बइका अरु ब्याट्स्म्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । 

दिल्लीका लागि सन्दिप लामिछाने, अमित मिश्रा र हर्षल पटेलले तीन तीन विकेट लिएपछि मुम्बई पराजित भयो । टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन बनाएपछि मुम्बईले १ सय ७५ रनको लक्ष्य पाएको हो । फिरोज साह कोटला मैदानमा भएको खेलमा घरेलु टोली दिल्लीका ऋषभ पन्तले ६४ र विजयशंकरले नटआउट ४३ रन बनाए । 

ऋषभले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ६४ रन बनाएका हुन् भने  विजयले ३० बलमा ३ चौका र २ छक्का सहित ४३ रन बनाए । यस्तै, ग्लेन म्याक्सवेलले २२ रनको योगदान गरे । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook