Total Hits: 0

​आईपीएलमा सन्दीप : १२ ओभर, ५ विकेट, ८२ रन

  • Posted: Sunday, May 20, 2018 20:32 PM ( 3 years ago )

जेठ ६ – आईपीएल क्रिकेटमा नेपालका सन्दीप लामिछानेले लोभलाग्दो प्रदर्शन गरेका छन् ।

दिल्ली डेयरडेभिल्सबाट अन्तिम तीन खेलमा मौका पाएका सन्दीपले ५ विकेट लिए । जम्मा १२ ओभरमा उनले ८२ रन खर्चिए । उनको रन इकोनोमी ६ दशमलव ८३ रह्यो । आइतबार मुम्बईसंगको खेलमा केही महंगो बलिङ गरेपनि समग्रमा ९ हाराहारीको रन इकोनोमी आईपीएलमा धेरै होइन । 

सन्दीपले मुम्बई इण्डियन्स, रोयल च्यालेन्जर्स बेग्लोर र चेन्नई सुपरकिंग्ससंग खेल्ने मौका पाए । उनले पार्थिब पटेल, सुरेश रैना, किरोन पोलार्ड, क्रुनाल पाण्ड्या र सुर्यकुमार यादवको विकेट लिएका हुन् । उनले भारतीय कप्तान विराट कोहली, पुर्व कप्तान महेन्द्रसिंह धोनी, एबीडी भिलियर्स, सुरेश रैना लगायतका क्रिकेट हस्तीहरुलाई बलिङ गरे । 

आफ्नो दोश्रो खेलमा त उनी स्टाइलिस प्लेयर अफ द म्याच पनि चुनिए । दिल्लीले शुरुका खेलमा मौका नदिएपनि सन्दिपले मौका पाएका तीनै खेलमा लोभलाग्दो प्रदर्शन गर्दै आफु विश्वमै उदीयमान स्पिनर रहेको पुष्टि गरेका छन् । उनलाई दिल्लीले २० लाख भारतीय रुपैयामा अनुबन्ध गरेको थियो । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook