Total Hits: 0

​गुणस्तरहीन समान उत्पादन गर्ने ६९ वटा उद्योग विरुद्ध मुद्धा दायर

  • Posted: Sunday, May 20, 2018 19:18 PM ( 4 years ago )

मकवानपुर, जेठ ६ – क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाले चालु आर्थिक वर्षको वैशाखसम्ममा गुणस्तरहीन सामान उत्पादन गर्ने ६९ वटा उद्योगलाई मुद्दा चलाएको छ ।

४ सय ७२ वटा खाद्य नमूना संकलन गरि प्रयोगशालामा परिक्षण गर्दा ५४ वटा नमुना प्रतिकुल पाइएकोले मुद्दा चलाइएको कार्यालयका प्रमुख राजकुमार रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मकवानपुरमा २७ वटा, सर्लाहीमा आठवटा, सिन्धुली र रौतहटमा तीन तीनवटा, बारामा १९, पर्सामा नौवटा मुद्दा दायर गरिएको हो । गएको वर्ष ४० वटा मुद्दा दायर गरिएकोमा यस वर्ष वैशाखसम्ममै ६९ वटालाई मुद्दा दायर गरिएको पनि उहाँले बताउनुभयो ।

मुद्दा दायर गरिएका उद्योगमध्ये बनस्पती घिउका १९, दुधका आठ, दानाका तीन, पानी र फलफूलजन्य चार चारवटा उद्योग माथी मुद्दा चलाइएको पनि रिजालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook