Total Hits: 0

हरि गुरुको परिवारलाई सात लाख १२ हजार सहयोग

  • Posted: Sunday, May 20, 2018 19:16 PM ( 4 years ago )

भक्तपुर, ६ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले गएको वैशाख ३१ गते निधन भएका प्रदेश नं. ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको परिवारलाई सरकारको तर्फबाट आर्थिक सहयोग गर्ने बताउनु भएको छ । 

परिवारलाई सान्त्वना दिन आज युवा संघ नेपालका पूर्व तीन अध्यक्ष– नेकपाका केन्द्रीय सदस्य एवं प्रतिनिधी सभा सदस्यद्धय महेश बस्नेत र निरु पाल, प्रदेशसभा सदस्य राजिब पहारी लगायतका युवा टोली नगरकोट लामिछाने निवास पुगेको थियो । 

प्रधानमन्त्री ओलीको सन्देश सुनाउँदै प्रतिनिधीसभा सदस्य एवं केन्द्रीय सदस्य बस्नेतले भन्नुभयो–‘हामीले प्रधानमन्त्रीलाई आजै भेटेर हरिगुरुको परिवारको अवस्थाबारे जानकारी गरायांै, प्रधानमन्त्रीजीले सरकारको तर्फबाट हरिगुरुको परिवारलाई आर्थिक सहयोग गर्ने बताउनुभएको छ । 

बस्नेतका अनुुसार ओलीले प्रदेश सरकारलाई पनि आर्थिक सहयोग गर्नका लागि सिफारिस गर्ने बताउनुभएको छ । युवाहरुबाट संकलन भएको रु. १ लाख २० हजार लामिछानेको परिवारलाई हस्तान्तरण गरिएको पनि बस्नेतले जानकारी दिनुभयो । 

लामिछानेको परिवारलाई कूल सात लाख १२ हजार ८०५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ ।

त्यसका लागि महेश बस्नेतसँगै नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले रु. १ लाख, प्रधानमन्त्री केपी ओलीको परिवारको तर्फबाट प्रम पत्नी राधिका शाक्यले रु. ५० हजार, एमाले चाँगुनारायण नगरपालिका वडा नं. ८ कमिटीले रु. १ लाख ५४५, अनेमसंघ भक्तपुरले रु.८३ हजार २९०, नेकपा एमाले वडा नं. ७ चाँगु नगर कमिटीले रु.३१ हजार ५, एमाले वडा नं. ४ नगर कमिटीले रु. ३० हजार, जिल्ला समन्वय समिति भक्तपुरले रु. १० हजार ५०० प्रदान गरेका थिए ।

यसैगरी गैसस महासंघ भक्तपुरले रु. १६ हजार १४०, निर्माण व्यवसायी संघ भक्तपुरले रु. ५१ हजार, युवा बचत तथा ऋण सहकारी संस्था लि.ले ७२ हजार २१८, एमाले चाँगुनारायण नपा १ का ईश्वर थापा लगायतले रु. ३० हजार, विजय बास्तोलाले रु. ४ हजार सहयोग गरेका छन् । 

साथै, चाँगुनारायण नपा ५ का लोकबहादुर थापाले रु. ४ हजार १ सय, नेकपा एमाले मध्यपुरथिमि नगर कमिटी १ ले रु. १० हजार ५ प्रदान गरेका थिए । संकलित नगद परिवारलाई हस्तान्तरण गरिएको छ भने आर्थिक सहयोगका लागि रकम संकलन गर्ने क्रम जारी रहेको बताईएको छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook