Total Hits: 0

​मलेसिया जाने कामदारसँग अवैध रुपमा रकम उठाएको भन्दै ओएससी र भिएलएनका सञ्चालक श्रेष्ठ पक्राउ

  • Posted: Sunday, May 20, 2018 18:38 PM ( 4 years ago )

काठमाडौं, जेठ ६ – मलेसिया जाने कामदारसँग अवैध रुपमा रकम उठाएको भन्दै वान स्टेप सेन्टर (ओएससी) र भिएलएनका सञ्चालक राम श्रेष्ठलाई प्रहरीले पक्रिएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले माइग्राम्स, ओएससी, भीएलएन, जीएसजीबाट लिने शुल्क अवैधानिक भएको निर्णय गर्दै त्यसलाई रोक्न गृह मन्त्रालयलाई पत्राचार गरेपछि प्रहरीले  ओएससी र भिएलएनका सञ्चालक श्रेष्ठलाई पक्रिएको हो । 

श्रेष्ठलाई भोलि म्याद थप गरी कारवाही अघि बढाइने प्रहरीले जनाएको छ । ओएससीले मलेसिया जाने कामदारको राहदानी संकलन गर्छ । यो कामका कम्पनीले २ हजार ८ सय रुपैयाँ शुल्क र भ्याट ३ सय ६४ गरी ३ हजार १ सय ६४ रुपैयाँ लिने गरेको छ । राहदानी दूतावाससम्म पुर्याउने भीएलएनले थप३ हजार ६ सय १६ लिन्छ । 

सरकारले मलेसियाले श्रमिकलाई आर्थिक भार पर्ने गरी विभिन्न बहानामा रकम असुल्ने राखेका कम्पनीले लिने शुल्क खारेज गरेको थियो । 

यो पनि पढ्नुहोस् । 

कामदारका हितका लागि मलेसियाको ‘सिण्डिकेट’ तोड्दै श्रममन्त्री

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook