Total Hits: 0

​आईपीएलको प्लेअफमा पुग्न मुम्बईलाई १ सय ७५ रनको लक्ष्य

  • Posted: Sunday, May 20, 2018 18:26 PM ( 3 years ago )

जेठ ६ – आईपीएल क्रिकेटको प्लेअफमा पुग्न मुम्बई इण्डियन्सले दिल्ली डेयरडेभिल्ससँग १ सय ७५ रन बनाउनुपर्ने भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन बनाएपछि मुम्बईले १ सय ७५ रनको लक्ष्य पाएको हो । फिरोज साह कोटला मैदानमा भएको खेलमा घरेलु टोली दिल्लीका ऋषभ पन्तले ६४ र विजयशंकरले नटआउट ४३ रन बनाए ।

ऋषभले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ६४ रन बनाएका हुन् भने  विजयले ३० बलमा ३ चौका र २ छक्का सहित ४३ रन बनाए । यस्तै, ग्लेन म्याक्सवेलले २२ रनको योगदान गरे । 

यो खेल जिते मुम्बई प्लेअफमा पुग्नेछ भने मुम्बइले हारे राजस्थान र पञ्जावमध्ये एक टिमले प्लेअफमा स्थान बनाउनेछन् । पञ्जावले आइतबार नै चेन्नइ सुपरकिंग्ससंग खेल्दैछ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook