Total Hits: 0

अब जिल्ला तहमा ६ वटा कार्यालय मात्र

  • Posted: Sunday, May 20, 2018 18:24 PM ( 4 years ago )

काठमाडौँ,  जेठ ६ – अब जिल्ला तहमा छ वटा कार्यालय मात्र रहने भएका छन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले संविधानअनुसार संघद्वारा सञ्चालित छ वटामात्र जिल्ला कार्यालय रहने बताउनुभयो । 

उहाँका अनुसार जिल्ला प्रशासन, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला हुलाक कार्यालय, जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय मात्र रहनेछ । 

जिल्ला तहमा रहेका अन्य कार्यालय स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने भएकाले ती कार्यालय स्थानीय सरकारअन्तर्गत हुने भएका छन् । ती छवटा कार्यालयबाहेक अन्य कार्यालय स्थानीय तहअन्तर्गत मन्त्रालयले निर्देशनसमेत दिइसकेको छ । 

प्रवक्ता अधिकारीले हाललाई जिल्ला मालपोत र जिल्ला नापी कार्यालय जिल्ला तहमा रहेपछि स्थानीय तहको अधिकारमा जाने बताउनुभयो । 

‘अहिले स्थानीय तहले जग्गासम्बन्धी काम गर्न सक्ने अवस्था छैन’, उहाँले भन्नुभयो, ‘त्यसैले तत्कालका लागि केन्द्र सरकारअन्तर्गत रहे पनि पछि स्थानीय सरकार मातहतमा जान्छन् ।’

उहाँले जिल्लामा रहने कार्यालयलाई यथास्थितिमा सञ्चालन हुनेसमेत जानकारी गराउनुभयो । पहिले करीब ३० वटा जिल्ला कार्यालय रहेका थिए ।
–रासस

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook