यातायातका साधन नहुँदा बारीमै कुहियो तरकारी
- Posted: Sunday, May 20, 2018 13:54 PM ( 3 years ago )
प्रेमनारायण आचार्य/उज्यालो ।
अर्घाखाँची, जेठ ६ – अर्घाखाँची र गुल्मीको सिमानामा पर्ने पाणिनी गाउँपालिका वडा नम्बर–३, फर्सवामा तरकारी बिक्री नहुँदा बारीमै कुहिन थालेका छन् ।
व्यवसायिक तरकारी खेती गरेर मनग्य आम्दानी गर्ने उदेश्यले गरेको तरकारी बिक्री नभएर खेतमै कुहेपछि कृषकहरु चिन्तित बनेका छन् । फर्सवामा तरकारी खेती गरेका कृषकहरुले उत्पादन गरेको तरकारी बजार पुर्याउनका लागि उचित सडक र यातायातका साधन नहुँदा तरकारी बिक्री नभएको हो ।
फर्सवाबाट गाँउपालिकाको केन्द्रमा पर्ने दुर्गाफाँटसम्मको दूरी जम्मा ५ किलो मिटर छ, तर यातायातका साधन र राम्रो सडक नहुँदा उनीहरु कष्ट व्यहोर्न बाध्य छन् । उनीहरु डोकोमा बोकेर गाँउगाँउमा लगेर तरकारी बेचिरहेका छन् ।
झण्डै ११ जना कृषकहरुले व्यवसायिक रुपमा तरकारी खेती गरिरहेको स्थानीय अगुवा कृषक मुक्तिनाथ पराजुलीले बताउनुभयो । अहिले उनीहरुको खेतमा टमाटर, काँक्रो, फर्सी, सिमी, बन्दा, लौका, मुला, गाजर लगयतका तरकारीहरु उत्पादन भएका छन् । बजार पुर्याउन नसक्दा मुला, गाँजर र टमाटर खेतमै कुहिएको छ ।
स्थानीय ४४ वर्षीय कृषक हरिप्रसाद ज्ञवालीका अनुुसार टमाटर टिप्ने हो भने झण्डै २ क्वीन्टल निस्कन्छ तर बजार पुर्याउन यातायातको सुविधा नहुँनाले टिप्नुको औचित्य छैन । त्यसैले लटरम्म फलेको टमाटको स्याहार–सुसार पनि गरिएको छैन । टिपिएको पनि छैन । स्थनीयहरु सारै समस्यामा परेका छन् ।
‘गाँउमा डोकोमा बेच्न लगे पनि तरकारी गाउँमा बिक्री भएन । शहरमा डोकोमा पुर्याउन सकिँदैन । गाडी चल्दैन । कसरी पुराउने ?’, स्थानीय ६५ वर्षका गंगाबहादुर नेपालीले भन्नुभयोे ।
स्थानीय अर्का कृषक हरिप्रसाद भूसालको गएको वर्ष १० वटा टनेलमा लगाएको झण्डै पाँच लाख रुपैयाँको टमाटर पूरै कुहेर गयो । बिक्री नहुने समस्या अहिले पनि ज्यूँ का त्यूँ छ । भूसालका अनुसार सन्धिखर्क र तानसेन पुराउन सके बिक्री हुने थियो तर यातायाको व्यवस्था नभएकाले त्यता पुर्याउन गाह्रो छ ।
राज्यले कृषिमा आधुनिकीकरण, व्यवसायिकता, र बजारीकरणका नाममा करोडाैं रकम लगानी गरे पनि यहाँका कृषकहरुलाइ छोएको छैन । अनुदानका कार्यक्रमले पनि नछोएको स्थानीय ओमनाथ भूसालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कसैले नहेरे पनि हामीहरु खेती गरिरहेका छौं, तर बेच्न सकिएन, तपाईँहरुले पनि पहल गरिदिनुपर्छ ।’
सामान्य रुपमा सडक खुले पनि दैनिक रुपमा सार्वजनिक यातायातका साधन नचल्दा बिक्री गर्न समस्या भएको हो । फर्सवादेखि दैनिक रुपमा गुल्मीको तम्घास र पाल्पाको तानसेनको लागि बस अथवा जीप सञ्चालन गर्न पहल भइरहेको पाणिनी गाउँपालिकाका अध्यक्ष अच्यूत गौतमले बताउनुभयो । ‘उत्पादन भएको तरकारी बिक्रीका लागि पहल थालेको छु । समस्या समाधान गर्न लाग्नेछु’, उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...