Total Hits: 2.1 K

भारतबाट उद्धार गरि ल्याइएकाे 'केटाे'लाई पनि खाेरमा राखियाे

  • Posted: Sunday, May 20, 2018 12:06 PM ( 2 years ago )

चितवन, जेठ ५ – भारतबाट उद्धारपछि सौराहामा ल्याएर पालनपोषण गरी राखिएको गैँडाको बच्चा (केटो) लाई पनि ‘पिट बोमा’ (सानो खोर)मा राखिएको छ । 

चीन पठाउनका लागि अन्य गैँडाको बच्चा राखिएको बोमा नजिकै अर्काे बोमा बनाएर उसलाई पनि बोमामा राख्न शुरु गरिएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिनुभयो । 

अघिल्लो वर्षको साउन २८ गते आएको बाढीले निकुञ्जबाट बगाएर उक्त केटोलाई भारत पु¥याएको थियो । गत चैत १० गते भारतबाट उद्धार गरी केटोलाई सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा ल्याएर पालनपोषण गरिँदै आइएको थियो । 

अन्य तीनवटा गैँडाको बच्चालाई हालैमात्रै निकुञ्जबाट नियन्त्रणमा लिई बानी पार्न पिट बोमामा राखिएको छ । सोही नजिक अर्काे बोमा तयार गरी भारतबाट उद्धार गरिएको केटोलाई समेत राख्न थालिएको हो । 

राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहाका निमित्त कार्यालय प्रमुख रामकुमार अर्याल केटो तन्दुरुस्त रहेको बताउनुहुन्छ । उहाँले निकुञ्जबाट हालै ल्याइएका अन्य गैँडासमेत तन्दुरुस्त रहेको र सबै खानेकुरा सजिलै खान थालेको जानकारी दिनुभयो । 

अहिले यहाँ राखिएका चारवटै गैँडालाई दूध, फलफूल, घाँसलगायत खानेकुरा दिएर नियमित अनुगमन गर्ने गरिएको छ । पशु चिकित्सकसहितको टोलीले ती गैँडाको निगरानी गरिरहेको छ । 

सरकारी निर्णयअनुसार चीनलाई दुई जोडी गैँडा नेपालले उपहार दिँदैछ । एक जोडी गैँडा भने आगामी असारसम्ममा पठाइने चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । विभिन्न देशमा गरेर नेपालले अहिलेसम्म दुई दर्जनभन्दा बढी गैँडा उपहार दिइसकेको छ । रासस

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook