Total Hits: 9.3 K

वीर अस्पतालको भित्ता टल्काउँदै ‘धुर्मुस’ (भिडियो)

  • Posted: Sunday, May 20, 2018 08:26 AM ( 2 years ago )

काठमाडौं, जेठ ६ - तपाईं हिजोआज वीर अस्पताल पुग्नुभएको छ ? पुग्नुभएको छ भने तपाईंले पक्कै पनि वीर अस्पतालको रुप फेरिएको पाउनुभएको होला । अस्पतालमा भित्तामा धमाधम रंगरोगनको काम भैरहेको छ । शौचालय पहिले भन्दा सफा भैसकेका छन् ।

सामाजिक अभियन्ता एवं कलाकार सिताराम कट्टेल धुर्मुसको अगुवाईमा अस्पतालमा रंगरोगन तथा मर्मतको काम भैरहेको हो । धुर्मुस सुन्तली फाउन्डेसनलाई अरु संघसंस्थाले पनि सहयोग गरेका छन् । तर अहिले आफ्नै खर्चमा काम भैरहेको धुर्मुसले जानकारी दिए ।आर्थिक सहयोग जुटाउने पहल भैरहेको उनको भनाई छ ।

दिनरात नै काम भैरहेको धुर्मुसले उज्यालोलाई जानकारी दिए । ‘छिटो काम सक्नुपर्नेछ, त्यसैले राति पनि यहीँ हुन्छु’ उनले भने ।

सुरुमा सफाई अभियान लिएर अस्पताल आउँदा यहाँको अवस्था देखेर आफूले रंगरोगनको काम थालेको उनले बताए । अबको केही दिनमै वीर अस्पतालको रुप फेरिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook