Total Hits: 0

​आईपीएलबाट बेंग्लोर बाहिरियो, प्लेअफको समिकरण कस्तो बन्यो ?

  • Posted: Saturday, May 19, 2018 20:03 PM ( 3 years ago )

जेठ ५ – रोयल च्यालेन्जर्स बेंग्लोर आईपीएल क्रिकेटको यो सिजनबाट बाहिरिएको छ ।

प्लेअफको सम्भावना कायमै राख्न जित्नैपर्ने दबाब रहेको खेलमा राजस्थान रोयल्ससँग ३० रनले हारेपछि बेग्लोर प्लेअफमा नपुगी बाहिरिएको हो । १ सय ६५ रनको लक्ष्य पछ्याएको बेंग्लोरले खेल सकिन ४ बल बाँकी हुँदा १ सय ३४ रनमा अलआउट भएको हो ।

बेग्लोरका ए बी डी भिलियर्सले ५३ र पार्थिब पटेलले ३३ रन बनाएपनि अरु खेलाडीले गतिलो प्रदर्शन गर्न नसक्दा टीमले महंगो हार ब्यहोरेको हो । बेग्लोरका ६ जना ब्याट्स्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । राजस्थानका श्रेयस गोपालले ४ विकेट लिंदै बेग्लोरलाई दबाबमा राखे । ४ ओभरमा उनले मात्र १६ रन दिएर ४ विकेट लिएका हुन् । त्यस्तै, जयदेव उनाद्कट र लाफलिनले २–२ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । राजस्थानका लागि राहुल त्रिपाठीले अविजित ८० रन बनाए । उनले ५८ बलमा ५ चौका र ३ छक्का  प्रहार गरेका थिए ।

त्यस्तै कप्तान अजिंक्या रहानेले ३३ र हेनरिक क्लासेनले ३२ रन बनाए । रहानेले ३१ बलमा ३ चौका तथा क्लासेनले २१ बलमा ३ चौका र १ छ्रक्का हाने । बेंग्लोरका लागि उमेश यादवले ३ विकेट लिएका थिए ।

अब कस्तो बन्यो समिकरण   

बेग्लोरलाई हराएको राजस्थानले भने प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । १४ खेलबाट १४ अंक बनाएको राजस्थान र १ खेल खेल्न बाँकी हुँदा अर्थात १३ खेलबाट १२ अंक बनाएको मुम्बईमध्ये एक टिम प्ले अफमा पुग्नेछन् । अहिलेसम्म १३ खेलबाट १४ अंक बनाएको कोलकाता अंक तालिकाको तेश्रो स्थानमा छ ।

कोलकाताले एक खेल खेल्न बाँकी छ । कोलकाताले त्यो खेल हारेमा र मुम्बइले अन्तिम खेल जितेमा मुम्बई, कोलकाता र राजस्थानमध्ये रनरेटका आधारमा २ टीम प्ले अफमा पुग्नेछन् । कोलकाताले जितेमा र मुम्बइले हारेमा कोलकाता र राजस्थान प्लेअफमा पुग्नेछन् । हैदराबाद र चेन्नई प्रतियोगिताको प्लेअफमा पुगिसकेका छन् । 

 १३ खेलबाट १२ अंक बनाएको   मुम्बई रनरेटका आधारमाचौथो नम्बरमा छ । मुम्बईले एक खेल खेल्न बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook