बर्दियामा झण्डै २ हजार किसानले गरे नहर सफाई
- Posted: Saturday, May 19, 2018 19:44 PM ( 3 years ago )
भावुक योगी/उज्यालो ।
बर्दिया, जेठ ५ – किसानले श्रमदान गरेर बर्दियाको बबई सिंचाई आयोजनाको नहर सफाई गरेका छन् ।
बबई नदीको बबई सिँचाई आयोजनामा पर्ने झण्डै एक किलोमिटर लामो नहरको दाँयाबाँया थुप्रिएको माटो र वालुवा सफाई गर्न सनिवार झण्डै २ हजार किसान जुटेका हुन् । नदी सरसफाइमा बर्दियाको ४७ मौजा र १७ मौजा गरी कुल ६४ मौजाका झण्डै २ हजार किसान सहभागि रहेको बर्गदा जम्ती नेउलापुर सिँचाई जल उपभोक्ता समितिका सचिव बेदप्रसाद खनालले जानकारी दिनुभयो ।
जेठदेखि ४५ दिनजति जनश्रमदान (बेगारी) गरेर खेतीपातीका लागि नदीबाट कुलोमा पानी लैजाने गरिएकोमा नहर बनेपछी आठ वर्ष यता वर्षमा एकदिन मात्र नहर सफाई गरिने गरेको बर्गदा जम्ती नेउलापुर सिँचाई जल उपभोक्ता समितीका अध्यक्ष भुजराम थारुले बताउनुभयो ।
बारबर्दिया नगरपालिकाका ६ गाउँ, मधुवन नगरपालिकाका ६ गाउँ, ठाकुरबाबा नगरपालिकाका ६ गाउँ र गुलरिया गाउँका ४ गाउँ अर्थात ६४ मौजाको चार विगा जमिन बराबर एकजना किसान सहभागि हुँदा झण्डै २ हजार जना सफाईमा जुटेका पश्चिम बबई जल उपभोक्ता संस्था ढोढरीका पदमराज काफ्लेले जानकारी दिनुभयो ।
नहर सफाईका लागि वर्षेनी आलोपालो नहरको पुर्वी र पश्चिमी क्षेत्रका किसान जुट्ने गर्छन् । यसवर्ष पश्चिमी क्षेत्रको पालो थियो । सफाई भएको एकहप्ता भित्र किसानले धानको विउ राख्ने गर्छन् ।
नहर सफाईका बेला कोही विरामी भए वा कुनै समस्यामा पर बडघरसंग बिदा लिएर बसेमा जरीवाना नपर्ने तर जानकारी विना सहभागि नभए एकदिनको ज्याला जरिवाना तिर्नुपर्छ ।
नहर सफाइका बेला बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग, सिँचाई आयोजनाका कर्मचारी लगायत उपस्थित थिए ।नहर सफाई गर्न शुक्रवार बडघरको निर्देशनमा गाउँका चौकीदारले गाउँगाउँमा बेगारी अर्थात जनश्रमदान छ ै भन्ने खबर गरेका थिए ।
कुलापानी मौजाका बडघर एवं बर्गदा जम्ती नेउलापुर सिँचाई जल उपभोक्ता समितीका अध्यक्ष भुजराम थारुले विहान ११ बजेतिर हरेक गाउँको भागमा परेको माटो बगाउन निर्देशन दिएपछी किसान नहरमा पसेर फरुवा, काठ र डोरीको सहायताले माटो बगाउन थालेका थिए ।
चर्किएको गर्मीमा पानीमा डुबुल्की मार्दै कोदालोले माटो तान्दै, होहल्ला गर्दै माटो बगाउँदै गर्दा नहरमा किसानको मेला नै लागेको जस्तो देखिन्थ्यो । तर नहरमा जम्मा भएको माटो बगाउन सजिलो भने थिएन । उनीहरु भोकप्यास लागे डोरीको सहायताबाट बाहिर निस्केर खाजा र पानी खाँदै सफाइ गर्न नहरमा पस्दै गर्थे ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...