Total Hits: 11.1 K

कर्नाटकमा ढल्यो भाजपाको सरकार, राजीनामा दिँदै येदियुरप्पाले भने ‘जित कर आउँगा’

  • Posted: Saturday, May 19, 2018 17:09 PM ( 2 years ago )

जेठ ५ – भारतको कर्नाटक राज्यमा भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट मुख्यमन्त्रीको सपथ लिएका येदियुरप्पाले राजिनामा दिएका छन् ।

संसदमा बहुमत पुर्याउन नसकेपछि भाजपाको सरकार ढलेको हो । कर्नाटकका २ सय २२ सिटमध्ये बहुमतको लागि १ सय १२ सिट आवश्यकपर्नेमा  भाजपाको १ सय ४ सिट मात्र थियो । तर पनि ठूलो दलका हिसाबमा भाजपाका येदियुरप्पाले मुख्यमन्त्रीको सपथ ग्रहण गरेका थिए ।

उनले सरकारको दाबी गर्दै राज्यपालसमक्ष सपथ लिए पनि बहुमतका लागि दिइएको शनिबार ४ बजेसम्मको समयमा थप ८ जना सांसदको समर्थन नपाउँदा राजिनामा दिनुपरेको हो । राजिनामा दिँदै येदियुरप्पाले अब छिटै चुनाव हुने र चुनावमा बहुमतभन्दा धेरै सिट जितेर देखाउने दाबी गरेका छन् ।

 

राज्यपाल वजूभाई वालाले सबैभन्दा ठूलो पार्टीलाई सरकार बनाउने निम्ता दिएपछि विवाद चर्किएको थियो । कांग्रेस र जनता दल सेक्यूलर(जेडीएस)आफूहरुसँग सरकार बनाउन बहुमत सदस्य भएको भन्दै सर्वोच्चमा पुगेका थिए । 

भाजपाले कांग्रेस र जेडीएसका सांसदलाई आफ्नो पक्षमा पार्न भरमग्दुर प्रयास गरे पनि नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच, बहुमत नपुगेको दलका नेतालाई मुख्यमन्त्रीको सपथ गराएकोमा कांग्रेसले कर्नाटकका राज्यपालको राजीनामा मागेको छ । 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook