Total Hits: 0

​आईपीएल क्रिकेट : जित्नैपर्ने दबाबसहित बेंग्लोर र राजस्थानको खेल सुरु

  • Posted: Saturday, May 19, 2018 16:42 PM ( 3 years ago )

जेठ ५ –आईपीएल क्रिकेटको प्लेअफमा पुग्नका लागि जित्नैपर्ने दबाब रहेको खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंग्लोरको खेल सुरु भएको छ ।

समान १३ खेलबाट १२–१२ अंक रहेपनि रनरेटको आधारमा बेंग्लोर पाँचौं र राजस्थान छैठौं स्थानमा छन् । शीर्ष ४ मा पुग्ने सम्भावना कायमै राख्न आजको खेल जित्नैपर्ने दबाब दुवै  टिमलाई छ । मुम्बई इण्डियन्सले पनि १३ खेलबाट १२ अंक नै बनाएको छ । रनरेटका आधारमा मुम्बई चौथो नम्बरमा छ । मुम्बईले एक खेल खेल्न बाँकी छ ।

आजको खेल जित्ने टोली १४ अंकका साथ चौथो स्थानमा पुग्नेछ र साबिक चौथो स्थानको मुम्बइ पाँचौ स्थानमा धकेलिनेछ । मुम्बइले दिल्लीसँग अन्तिम खेल खेल्न बाँकी छ । तेश्रो स्थानमा रहेको कोलकाताको १४ अंक छ ।

राजस्थानले टस जितेर ब्याटिङ रोजेको छ । शनिबारको खेलमा राजस्थानले बेन स्टोक्स, जोस बटलर र अनुरित सिंहलाई खेलाएको छैन । उनीहरुको ठाउँमा बी लाफलिन, श्रेयस गोपाल, हेनरिक क्लासेन लाई टिममा राखिएको छ । 

बेंग्लोरले भने टिममा कुनै परिवर्तन गरेको छैन । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook